एनआरएनए यूकेबाट वर्खास्त भइसकेका कोषाध्यक्ष विष्णु खरेल बेलायतमा नेपाल हाउस बनाउन विभिन्न संघसंस्थाबाट संकलित रकम ४२ हजार पाउण्ड बढी लिएर फरार भएका छन् । एनआरएनए यूके २०१९–०२१ कार्यसमितिले गत वर्ष २३ अक्टोबर २०२१ मा नेपाल हाउस बनाउन भनि उठाइएको ४२ हजार ९७२ पाउण्ड अध्यक्ष प्रेम गाहामगर नेतृत्वको कार्यसमितिलाई हयाण्डओभर गरेको थियो । उक्त कार्यसमितिमा कोषाध्यक्ष रहेका विष्णु खरेल अहिले त्यो पैसा आफैंले लिएर फरार भएको बताइएको छ । खरेलले अध्यक्षसहित वहुमत सदस्यको अनुमति बिना पञ्जीकृत सदस्यहरुको ३९ हजार २८५ पाउण्ड ७३ पेन्स हिनामिना गरेपछि उच्चस्तरिय छानविन समितिको सिफारिसमा संघले उनलाई ट्रष्टी बोर्ड र कोषाध्यक्ष पदबाट वर्खास्त गरेको थियो । सन् २०१५ मा मुछेत्र गुरुङ अध्यक्ष छंदा गुरुङले नेपाल हाउस निर्माणका लागि विभिन्न संघसंस्थाबाट पैसा उठाउन शुरु गरेका थिए । तर, नेपाल हाउस बन्न त परै जाओस्, उक्त पैसा हिनामिना भएको चाल पाएपछि अहिले बेलायतका कयौं नेपालीसंघसंस्थाले पैसा फिर्ता माग्न थालेको बताइन्छ । आफूहरुको पैसा सही सदुपयोग नभएपछि कयौं संघसंस्थाका पदाधिकारी वर्तमान अध्यक्ष प्रेम गाहामगरसमक्ष आइपुगेका थिए । गाहामगरले त्यो पैसा आफूहरुसंग नभएको बरु विष्णु खरेलले लिएर भागेको बताएपछि खरेलकै घर घेरेर भएपनिपैसा फिर्ता माग्ने चेतावनी ति संस्थाले दिएका छन् । नेपाल हाउसको पैसा हिनामिनामा अध्यक्ष मुछेत्र गुरुङको कार्यसमितिका कोषाध्यक्ष र गत वर्ष अध्यक्ष पदमा पराजित दीपक श्रेष्ठ पनि संलग्न भएको पाइएको छ । खरेल र श्रेष्ठ मिलेर उक्त पैसा कुम्ल्याउने दाउमा रहेको श्रोतको दाबी छ । श्रेष्ठ तिनै व्यक्ति हुन्, जो गत वर्ष प्रेम गाहामगरसंग अध्यक्ष पदमा लज्जास्पद हार खाएर अहिले विद्रोही समूहबाट टिके उपाध्यक्ष बनाइएका छन् । यतिमात्र होइन्, अहिले श्रेष्ठको व्यक्तिगत चरित्र पनि उदांगो भएको छ । एकजना डिभोर्सी महिलालाई बिहेको प्रलोभन देखाएर वर्षौं यौन शोषण गरेको आरोप श्रेष्ठले खेपिरहेका छन् । ति महिलाको इस्युलाई लिएर केहि सचेतक महिलाहरुकोसमुहले ति महिलामाथि शोषण र धोका भएको भन्दै एनआरएनए यूकेमा कम्प्लेन गरेको र यसबारे संघले छिट्टै पब्लिकमा भण्डाफोर गर्ने भएको श्रोतले दाबी गरयो । उता, खरेलले एनआरएनए यूकेको सन् २०१९ देखि यता भएको झण्डै तीन देखि ४ लाख पाउण्ड कारोबार ढाकछोप गर्न वेलफेयर एकाउन्ट नै बन्द गरिदिएका छन् । यतिमात्र होइन्, खरेलले आफ्नो व्यक्तिगत फाइदाका लागि एनआरएनए यूके नन रेसिडेन्ट नेपाली एसोसिएसन नाममा बैंक एकाउन्ट समेत खोलेका छन् । नेटवेस्ट बैंकमा खाता खोलेर उनले गत १८ अक्टोबरमा चन्दा संकलन गरेका थिए । संकलितरकम कहां के प्रयोजनका लागि भन्ने खुलाइएको छैन् । बेलायतमा वर्क परमिट मिलाइदिन्छु भन्दै कयौं विद्यार्थीको हजारौं पाउण्ड पचाइदिएका खरेल अहिले एनआरएनए यूकेको रकम खान लागिपरेका छन् । खरेललाई अर्का वर्खास्त उपाध्यक्ष सुनिलबाबु खड्काको समेत साथ छ । खरेल र खड्का दुवैरेष्टुरेन्ट सञ्चालक हुन् । उनीहरुको कामदार शोषणमा नयां रेकर्ड छ । एनआरएनए यूकेले उल्लेखित तीनैजना विरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ ।
फ्रान्स पेरिस: राजेन्द्र गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि बार्षिक तालिका अनुसार फ्रान्सको आइफल टावर अगाडीअन्तरास्ट्रिय नेपाली “टोपी दिवस,नयाँ वर्ष २०२३ तथा पर्यटन प्रचार प्रसार” को शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा ...
जुरिक नेपाली परिवारद्वारा “माघे संक्रान्ति” कार्यक्रम आजोजना गर्ने भएको छ। स्वीजरल्याण्डमा बसोबास गर्दै आउनु भएका सम्पुर्ण नेपाली तथा नेपालप्रेमी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ मध्यनजर गर्दै नेपालीहरुको चाडपर्व मध्य एक महत्त्वपुर्ण चाड “माघे संक्रान्ति” पनि भएकोले आउँदो ...
याक्थुङ लिम्बुहरुको गौरवशाली संस्था “किराँत याक्थुङ चुम्लुङ साइप्रस” को आयोजनामा हिजो ११ डिसेम्बर २०२२ आइतबार साइप्रसको सुन्दर शहर लिमासोल को ब्रीटानिया म्युजिक हलमा याक्थुङ लिम्बुहरुको महान पर्व (न्वागि पुजा) चासोक तङ्नाम येले तङ्बे ५०८२ तथा ...
लन्डन । एनआरएनए यूके र गोर्खाको प्रतिक चिन्ह अंकित ब्याज लगाएर प्रतिष्पर्धामा भिडेका विश्वप्रसिद्ध ब्रिटिश व्यवसायिक बक्सर जोन राइडरले प्रतियोगिता जितेका छन् । हिजो २६ नोभेम्बर शनिबार लन्डन ओटु एरिनामा सम्पन्न डब्ल्यूबीओ इन्टेरिम सुपर मिडलवेट ...
लन्डन । ‘पेन्सन क्रेडिट’ पाइरहेका भूतपूर्व गोर्खाहरुलाई २८ दिन भन्दा बढी समय बेलायत बाहिर बिताउन नपाउने व्यवस्था परिवर्तनका लागि एनआरएनए यूकेले अनुरोध गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले शुक्रबार दिउसो युरोप हेर्ने राज्यमन्त्री ...
आउँदो १२ नोवेम्बर शनिवारको दिन बासेल सहरमा एन आर एन ए स्विट्जरल्याण्डको १४औं वार्षिक साधारण सभा हुने भएको छ। वार्षिक साधारण सभाका साथ् साथै युरोपबासि चर्चित नेपाली गाएक तुलसी सिवाकोटीको सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको ...
हिरा लाल श्रेष्ठ, आराउ। हर्ष उल्लाससहित तिहारको रन्कोले घरदेशलाई ढपक्क बालेको बेला स्विट्जरल्याण्ड पनि अछुतो रहेन। परदेशमा व्यस्त समयका बाबजुत पनि नेपालीहरू आफ्नो परम्पराअनुसार चाडपर्व मनाउन पछि परेका छैनन्। आ-आफ्नो समय अनुकूल जमघट तथा रमाइलो ...
लन्डन । प्रवासी नेपाली मंच (ओएनएफ) यूकेले मानविय कार्यलाई थप ससक्त ढंगले अघि बढाएको छ । बेलायतमा सन् २००४ सालमा स्थापना भएको ओएनएफ यूकेले राजनीति चेतनासगै सामाजिक कार्यमा आफुलाई ससक्त ढंगले प्रस्तुत गरि च्यारिटि कार्यक्रमको ...
हिन्दुहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा स्विट्जरल्याण्डको जेनेभामा सांगीतिक कार्यक्रम हुने भएको छ। आउँदो २२ अक्टोवर शनिवारको दिन बेलुका ६ बजे देखि नेपाली गाएक डाभिद शंकरको उपस्थितिमा प्रत्यक्ष सांगीतिक कार्यक्रम हुने भएको छ। गाएक ...