Type to search

मुख्य समाचार स्विस/प्रवास

ई: सङ्ग सङ्गै उभिएर कमल थापाले भने – “मलाई बालेन मनपर्छ,मलाई ई: मनपर्छ”

Share

काठमाडौं । जवाफदेहीताको माग गरेर आठ दिन देखि लगातार उभिईरहेका सामाजिक अभियन्ता ई: को काममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक्यवद्धता जनाएका छन् । थापा राष्ट्रिय सभा गृहको गेटमा उभिरहेका ई: भएको स्थानमा पुगेर सङ्गै उभिएका थिए । अहिले थापा सहितको टिम राष्ट्रिय सभा गृह बाहिर छ ।

थापाले “मलाई बालेन मनपर्छ,मलाई ई: मनपर्छ।ई: ले उठाएका मुद्दा जायज छन्।”सडक,फुटपाथमा जथाभावी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ।यो राज्यको कर्तव्य हो।यो काममा महानगरपालिकाले सहजिकरण गर्नुपर्छ” भन्ने प्ले कार्ड छातिमा टासेका थिए । थापा सङ्गै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला, सहायक महामन्त्री ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारी ,किसान संगठनका महासचिब जनक फडेरा लगायत उपस्तिथ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *