Type to search

मुख्य समाचार स्विस/प्रवास

बेलायत पढ्न आएकी सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण

Share

लन्डन । उच्च शिक्षा र सुन्दर भविष्यको सपना बुनेर बेलायत आएकी एक विद्यार्थीको एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण अकालमै निधन भएको पाइएको छ । 

लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा मंगलबार भएको झण्डै ७ घण्टा लामो सुनुवाइमा सिनियर कोरोनर टोम असबर्नले समयमै अस्पताल लगिएको भए सदीक्षाले मृत्युवरण गर्नु नपर्ने अनुसन्धान निष्कर्ष सुनाएका हुन् । गत १९ मेदेखि यसबारे अनुसन्धान थालिएको थियो । १५७ पेज लामो छ अनुसन्धान प्रतिवेदन । 

अत्यधिक ज्वरो आएर विरामी परेपछि गत ७ मे २०२३ एम्बुलेन्समा आएका एउटा कर्मचारीले आफ्नी छोरी प्रेगनेन्ट छन् नजिक जान सक्दिन भनेर वेवास्ता गरि बाहिर टाउनमा गएकी थिइन् भने अर्को पारामेडिकले सदीक्षाको स्वास्थ्य जोखिम स्कोर ६ देखाए । तर, रिस्क स्कोर ७ थियो । मेडिकल गाइडेन्समा ६ स्कोरमा पनि निलो बत्तिमा सकेसम्म छिटो अस्पताल लानुपर्ने थियो । यद्यपि, पारामेडिकले सिटामोल दिएर ४८ घण्टामा निको भएन भने अस्पताल लैजाउंला भनेर घरमा नै डिस्चार्ज गरे ।  त्यसरी मेडिकल गाइडेन्समा पारामेडिकले डाक्टरको अनुमति बिना डिस्चार्ज गर्न पाइने नियम छैन। 

सिटामोलले काम नगरेपछि ९ मेमा अस्पताल लैजांदा सदीक्षाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो । किड्नीले काम गर्न छाडिसकेको थियो । मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो ।

कोरोनर कोर्टमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, समाजसेवी सुमित्रा सुब्बा गोदफ्रे, तामाङ सोसाइटी यूकेका अध्यक्ष ज्ञान तामाङ, उनकी श्रीमति लगायत उपस्थित थिए । सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङ लगायत सदीक्षाका सबै परिवार भने नेपालबाटै जुममार्फत जोडिएका थिए ।

सदीक्षाको मृत्युका कारण गत १४ सेप्टेम्बर २०२३ बाट हेल्थ रिस्क स्कोर ५ भए पनि तुरुन्त अस्पताल लैजानु पर्ने नियम कार्यान्वयनमा आएको गाहामगरले बताए ।

सदीक्षा गत वर्ष २६ डिसेम्बर २०२२ मा पढ्न बेलायत आएकी थिइन् । दुर्भाग्य छोरीले अकालमै ज्यान गुमाउनु परेपछि उनको परिवार विक्षिप्त छ । सदीक्षाको जन्म वि.सं. २०५८ साल चैत ३ मा दोलखामा भएको थियो । 

कोरोनर कोर्टको निष्कर्ष पछि सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण भए पछि एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सदीक्षाको परिवारलाई क्षतिपूर्ति दिलाउन ब्यारिस्टरसंग छलफल शुरु गरिसकेको जनाएका छन् ।  

यसअघि एनआरएनए यूके अध्यक्ष गाहामगरले सदीक्षाको मृत्यु लगत्तै चन्दा संकलन आव्हान गरि झण्डै १० हजार पाउण्ड संकलन भएको थियो । तर, तत्कालिन विद्रोही कार्यसमितिका सुनिलबाबु खड्का र विष्णु खरेलले उक्त संकलित चन्दा आफूले खानलाई बैंकमा रोकिदिएका छन् । 

बेलायतको नेपाली समुदाय र बाहिरबाट समेत स्वतस्फूर्त आएको चन्दा आफैंले खान खोजेको भन्दै सुनिलबाबु र विष्णु खरेलप्रति सबै आक्रोशित छन् । सदीक्षाको नाममा उठेको पैसा खान मानवता नभएका पापीहरु सुनिलबाबु खड्का र विष्णु खरेल रातदिन बैंक धाइरहेका छन्। 

यसरी सदीक्षाको नाममा उठेको पैसा खान खोज्ने मानवताविहिन पापीहरु सुनिलबाबु खड्का र विष्णु खरेललाई के सजाय दिने भन्ने वारेमा बेलायतमा रहेका संघ संस्था तथा बेलायतवासी जनसमुदायहरुले एनआरएनए यूकेको ईमेल contact@nrnauk.org तथा ०१२५२३१८१६३ कल गरेर सल्लाह सुझाब दिनु होला । एनआरएनए यूके त्यही अनुसार बेलायतको कानुनी प्रकिया अनुसार अगाडि बढ्ने छ |

धन्यवाद
लक्ष्मी तामांग
प्रवक्ता 
एनआरएनए यूके,http://www.nrnauk.org/

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *