बेलायतमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतविरुद्द कालो झन्डा देखाउने युवाहरुको चेतावनी
Share

राजिव गुरुङ ,लण्डन- सुनिलबाबु खड्का समूहले १६ तारिख गर्न लागेको अवैधानिक कार्यक्रममा सहभागी हुन लागेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतविरुद्द युवाहरुले कालो झन्डा देखाउने भएका छन् ।
नेप्लिज युथ यूकेको अगुवाइमा १६ जुलाईमा प्रदर्शनको योजना बनाइएको हो ।
खड्का समूहले स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम गर्दैछ । तर, नेप्लिज युथ यूकेले असंवैधानिक रुपमा महाअधिवेशन गर्न लागिएको भन्दै मन्त्रीलाई कालो झन्डा देखाउने जनाएका छन् ।
‘एकातिर सहमतिको नाटक मन्चन गर्ने अर्कोतिर मन्त्री बोलाउने विरोधाभासपूर्ण कार्यक्रम भाड्ने हाम्रो योजना छ । यसमा युवाहरु परिचालन हुनेछन्’ नेप्लिज युथ यूकेले चेतावनी दिएको छ-‘एनआरएनए केन्द्रविरुद्द मुद्दाको टुंगो लाग्न बाँकी हुँदा गर्न लागिएको चलखेल रोक्न हामी जस्तोसुकै कदम चाल्न तयार छौं ।’
नेप्लिज युथ यूकेको योजनाले खड्का समूहले गर्न लागेको महाअधिवेशनमा मुठभेड हुन सक्नेछ । वैधानिक एनआरएनए यूकेको कार्यक्रम २२ जुलाईमा हुँदैछ ।