Type to search

समाचार स्विस/प्रवास

एनआरएनए स्विट्जरल्याण्ड निर्वाचन समिति २०२३ ले जारी गरेको सुचना

Share

आदरणिय स्विट्जरल्याण्डबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा निर्वाचन समितीको तर्फबाट हार्दिक नमस्कार।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको यहि जुलाई ०८ तारिख jupiterstrasse 15 3015 Bern मा सम्पन्न हुन गई रहेको सातौं राष्ट्रिय महाधिबेशन समारोह तथा सोहि दिन हुने कार्यसमितिको निर्वाचन कार्यक्रम निम्न बमोजिमको निर्वाचन कार्यतालिका, नियामवली तथा आचारसंहिता अनुसार तोकिएको समय भित्र नै उम्मेदवारी दिन र मताधिकार प्रयोग गर्नुका साथै निष्पक्ष्य ढंगले निर्वाचन प्रकृया सफल पार्न सहयोग गरि दिनु हुन सम्पूर्ण पंजीकृत सदस्यहरुलाई यस निर्वाचन समिति हार्दिक अनुरोध गर्दछ !

नोट – यसै सूचनाको साथमा उम्मेदवारी दर्ता फारम पनि संलग्न गरिएको छ ।

एनआरएनए, स्विट्जरल्याण्ड निर्वाचन समिति-२०२३ ले जारी गरेको सूचना।

गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिबेशन सन् २०२३-२०२५ को निर्वाचन कार्यतालिका, नियमावली एवं आचारसंहिता !

१. पंजीकृत सदस्स्य / मतदाता सम्बन्धि नियमावली
(क) गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको संशोधित बिधान २०१५ को उपदफा ५.१ ले निर्देशन गरे बमोजिम सार्क मुलुकमा बसोवास गरेका, नेपाल सरकारबाट खटिई विदेश स्थित कुटनैतिक नियोग वा महावाणिज्य दुतावास मा बहाल रहेका कर्मचारी र विदेश स्थित शैक्षिक संस्थामा अध्यनरत बिद्यार्थी बाहेक दुइ वर्ष भन्दा बढी समय बिदेशमा रही कुनै पेशा, व्यवशाय र रोजगारी गरी बसोबास गर्ने नेपाली नागरिक वा नेपाली मुलका बिदेशी नागरिक हरु मात्र पंजीकृत सदस्स्य हुन पाउनेछन् !
(ख) निर्वाचन कार्यतालिका अनुसार २२जुन २०२३ भित्र सदस्यता नविकरण गरेको हुनु पर्ने छ !
(ग) नेपाली मुलका बिदेशी नागरिक” को हकमा आफु नेपाली मुलको चिनाउने कुनै पनि नेपाली परिचय खुल्ने कागजात( नेपाली राहदानी, पुरानो नागरिकताको प्रमाण पत्र ) पेश गर्नु पर्ने छ ।

२. उम्मेदवारी सम्बन्धि नियमावली
क ) कुनै पनि पदमा उम्मेदवारी दिनको लागि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विसको पंजीकृत सदस्यता लिएको हुनु पर्ने छ !
ख ) राष्ट्रिय समन्वय परिषद अध्यक्ष र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदको लागि कम्तिमा एक कार्यकाल राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डको कार्यसमितिमा काम गरेको हुनु पर्नेछ !
ग ) निर्वाचन समितिको कार्यतालिका भित्र रहेर उम्मेदवारी शुल्क र उम्मेदवारी दर्ता फर्म भरि बुझाएको हुनु पर्ने छ । निर्वाचन हुने पद र शुल्क यस प्रकार छन्।

  • अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्स्य पद १
    शुल्क – ५०० स्विस फ्रान्क
  • अध्यक्ष पद १ , शुल्क ५०० स्विस फ्रान्क
  • उपाधक्ष्य पद २ जना शुल्क ३००/३०० स्विस फ्रान्क
  • महासचिब पद १ , शुल्क ३०० स्विस फ्रान्क
  • सचिब पद १ , शुल्क २०० स्विस फ्रान्क
  • कोषाधक्ष्य पद १ , शुल्क २०० स्विस फ्रान्क
  • महिला संयोजक पद १ , शुल्क २०० स्विस फ्रान्क
  • युवा संयोजक पद १ , शुल्क २०० स्विस फ्रान्क
  • सदस्स्य पद ५ , शुल्क १०० स्विस फ्रान्क

(उम्मेद्वारी मनोनयन दर्ता शुल्क निर्वाचन समिति मार्फत सिधै संघको राष्ट्रिय समन्वय परिषद को खातामा जम्मा गरिने छ । जम्मा भएको उक्त रकम जुनसुकै अवस्थाको उम्मेदवार भए पनि फिर्ता हुने छैन ।)

घ ) प्रत्येक उम्मेदवारले पंजीकृत सदस्य बाट १/१ जना प्रस्तावक र समर्थक राख्नु पर्ने छ
ङ) प्रस्तावक र समर्थक भएको व्यक्ति उम्मेदवार हुन पाउने छैन !
च) निर्वाचन समितिका कुनै पनि सदस्य उम्मेदवारको प्रस्तावक वा समर्थक बन्न / रहन पाउने छैन !
छ ) कुनै पनि राजनैतिक, धार्मिक, जातिय एवं क्षेत्रीय बिषय संग प्रेरित संगठनका कार्यसमितिका सदस्यहरु उम्मेदवार हुन पाउने छैन , अन्न्यथा सो संस्थाको सदस्यता त्यागेको प्रमाण पेश गर्नु पर्ने छ !

३ . निर्वाचन आचारसंहिता

क ) उम्मेदवारले आफ्नो प्यानल खडा गरि उम्मेदवारी दिन तथा समुहगत प्रचार – प्रसार गर्न पाउने छैन !
ख ) कुनै पनि उम्मेदवारले राजनीति, धार्मिक, जातिय एवं क्षेत्रीय नारा दिई प्रचार प्रसार गर्न पाउने छैन !
ग) कुनै पनि उम्मेदवारले एक अर्का बिरुद्द व्यक्तिगत टिका टिप्पणी तथा गालि -गलौज गर्न पाउने छैन !
घ) तोकेको आचारसंहिता एवं नियामावली उल्लङ्घन गर्ने उम्मेदवारको उम्मेदवारी निर्वाचन समितिले रद्द गर्न सक्नेछ !
ङ) निर्वाचन सम्बन्धि कुनै पनि बिषयमा देखिएको विवाद तथा अस्पष्टताको बारेमा निर्वाचन समितिको निर्णय अन्तिम हुनेछ !

४. निर्वाचन कार्यतालिका

मतदाता नामावली प्रकाशन – जुलाई ३ तारिख बिहान वा यसै सुचना प्रकाशित गरिएको समय

(मतदाता नामवली तल राखिएको लिन्क मा गएर जुनसुकै बेला पनि हेर्न सकिने छ ।)
मतदाता नामावली उपर दाबी विरोध – जुलाई ४ तारिख बिहान १०.०० बजे सम्म
( दावी विरोधका लागि ईमेल- nccswisselection@gmail.com )

उम्मेदवारी दर्ता : ०७ जुलाई शुक्रबार दिउँसो १२.०० बजे सम्म निर्वाचन समितिको ईमेल ( nccswisselection@gmail.com ) मार्फत उम्मेदवारी दर्ता गर्नु पर्नेछ /)
उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन –

०८ जुलाई बिहान १०.०० बजे अधिवेशन स्थल
उम्मेदवारीमा दाबी बिरोध र उम्मेदवारी फिर्ता – ०८ जुलाई शनिबार दिउँसो ११.३० बजे सम्म

मतदाता र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन – ०८ जुलाई शनिबार बिहान १२.००बजे
मतदान गर्ने समय : ०८ जुलाई आइतबार दिनको १:०० बजे देखि बेलुका ५:३० बजे सम्म

मतदान गर्ने स्थान:

jupiterstrasse 15
3015 , Bern

निर्वाचन सम्वन्धी आवश्यक जानकारीका लागि सम्पर्क –

Bishnu Thapa: 079 387 09 01
Gunaraj Poudel: 076 430 32 79
Bidur Sangraula: 078 728 84 46

निर्वाचन समिति २०२३
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्ड

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *