Type to search

मुख्य समाचार स्विस/प्रवास

गैर आवासीय नेपाली संघ स्विट्जरल्याडद्वारा निकालिएको जानकारी

Share

आदर्णीय स्विसबासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु नमस्कार

मिति १५ जुलाई २०२३ का दिन बसेको गैर आवासीय नेपाली संघ स्विट्जरल्याडको पहिलो नयाँ कार्यसमितिको बैठकमा Cheapticket.ch एण्ड eDreams जस्ता वेबसाईडहरु प्रयोग गरी फ्लाईट टिकट किन्दा उक्त वेबसाईडहरुबाट केहि साथीहरु ठगिन पुग्नुभएको भनि गुनासो आएको कुरा हजुरहरुमा अवगत गराउँछौ। यदि हजुरहरुले पनि उक्त पेज प्रयोग गरी टिकट काट्नुभएको छ भने आफ्नो बैंकको Statement राम्रोसंग हेर्नुहुन सुचित गरिन्छ। साथै आगामी दिनहरुमा येस्ता वेब साईड वा ऐप्स प्रयोग नगर्नुहुन र ठगिनबाट जोगिनुहुन यो सुचना प्रकाशित गरिएको जानकारी गराउँदछौं। कुनै Email अथवा मेसेज आएको छ भने होशियार हुनुहोला !

Please do not use Cheap ticket.ch and eDreams websites. They will automatically make you member and take your money every month from your Credit card.

गैर आवासीय नेपाली संघ स्विट्जरल्याडले हरितालिका तीजको कार्यक्रमको आयोजना गर्ने !!

साथै September १६ तारीक शनीबार को दिन गैर आवासीय नेपाली संघ स्विट्जरल्याडले हरितालिका तीजको कार्यक्रमको आयोजना गर्न लागेको पनी जानकारी गराउँदछौं। सबै स्विसबासी दिदिबहिनी तथा दाजूभाईहरूलाई यो मितिमा बिदा मिलाएर राख्नुहुन पनि अनुरोध गर्दछौं। कार्यक्रमकोबारे अन्य जानकारी छिटै नै दिने पनि जानकारी गराउन चाहन्छौ। तिजको दिन ख्यातिप्राप्त नेपाली कलाकारहरुको पनी उपस्थिति रहने कुरा पनि जानकारी गराउन चाहन्छौ।

रेशम खत्री
प्रवक्ता
गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *