Type to search

Uncategorized मुख्य समाचार

एसइई परीक्षा नगर्ने मन्त्रिपरिषद निर्णय

Share

काठमाडौं, जेठ २९ । यस वर्षको एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । बुधबारको बसेको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो ।

विद्यालयहरुले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय सरकारले गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो । गत चैत ६ गतेदेखि गर्नुपर्ने कक्षा १० को एसइई परीक्षा कोरोना जोखिमका कारण स्थगित गरिएको थियो ।

शिक्षा मन्त्रालयले वर्तमान कानुन संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रिय स्तरको एसइई परीक्षा लिने विकल्पसहित प्रस्ताव लगेको थियो ।

कक्षा १० को एसइई परीक्षाका लागि ४ लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *