Type to search

मुख्य समाचार

संविधान संशोधन विधेयकमाथि संसदमा छलफल शुरु

Share

प्रतिनिधिसभा बैठकमा नयाँ नक्शा परिमार्जन सम्बन्धी संविधान संशोधन विधेयकमाथि छलफल शुरू भएको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्वाहाङफेले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेकी छन्। त्यसपछि साे विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको हो।

नेपालले ७ जेठमा कालापानी, लिपुलेक, लिम्पियाधुरा, कुटी, नाभी, गुन्जी लगायतका भूमि समेटेर नक्शा जारी गरेको थियो । लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी भएपछि सोहीअनुसार, निशान छाप परिवर्तन गर्न लागिएको हो।

अद्यावधिक नक्शा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्र अंकित नक्शा मिलाउन तयार पारिएको विधेयकलाई संसदले बहुमतले पारित गर्नुपर्छ।

संविधानको अनुसूची–३ मा रहेको निशान छापमा नेपालको नक्शा भएकाले सो अनुसूची परिवर्तन गर्न संविधान संशोधन गर्ने प्रक्रिया शुरु भएकाे हाे।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *