Type to search

समाचार स्विस/प्रवास

एनआरएन युकेको नयाँ कार्यसमितिमा ५० जनाको उम्मेदवारी निर्विरोध चयन हुदै

Share

लन्डन, १५ जुलाई २०२३ । गैर–आवासीय नेपाली संघ(एनआरएनए) बेलायतको दुई बर्षे नयाँ कार्यसमिति चयनका लागि सम्पन्न हुने निर्वाचनका लागि विभिन्न पदका लागि ५० जनाको उम्मेदवारी परेको छ । यही जुन २१ र २२ मा सम्पन्न हुने नयाँ कार्यसमिति नेतृत्वका लागि विभिन्न पदका लागि उम्मेदवारी परेको छ । निर्वाचन समितिले निर्धारण गरेको अन्तिम समय आज १५ जुलाईको साँझ ४ बजे सम्ममा अधिकाशं पदका लागि उम्मेदवारी परेको छ ।

उम्मेदवारी परेको अधिकाशं पदहरुमा एकल उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा भने नहुने भएको छ । चुनावी प्रतिस्पर्धा नहुने भएपछि सबै पदहरु निर्विरोध हुने भएको छ । यो संगै कुनै पनि पदमा प्रतिस्पर्धा नहुने भएको छ । विधानले व्यवस्था गरेको पदहरुको संख्याहरुकै आधारमा उम्मेदवारी एकल परेपछि निर्विरोध हुने पक्का भएको निर्वाचन समितिका संयोजक विश्वासदीप तिगेलाले बताए । सबै पदहरुमा एक भन्दा बढिको उम्मेदवारी नपरेकोले स्वत निर्विरोध निर्वाचित हुने संयोजक तिगेलाले बताए ।

नयाँ कार्यसमिति चयनका लागि अध्यक्षमा प्रेम गाहा मगर र उपाध्यक्षहरुमा भरतमणी चोङवाङ, तिर्थबहादुर मल्ल (अनिल), चम्पा थापा मगर, नम्रता घले गुरुङ र अमृत घलेको उम्मेदवारी परेको छ । महासचिवमा प्रमिला लाबुङ राई, सचिवमा किरण राई, धीरज राई र महिला सचिवमा हेमकला गुरुङको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा रविन गुरुङ, जोइन्ट कोषाध्यक्षमा झलक पुन, महिला संयोजकमा अमृता गिरी गजुरेल र युवा संयोजकमा विशाल राईको उम्मेदवारी परेको छ ।

त्यस्तैगरि सदस्यहरुमा धन तामाङ, चेतन राना, आवेश राई, देव राना, मनिकला राई गुरुङ, निकेश लिम्बु, विश्व गुरुङ, तारा गर्वुजा, सबु सेञ्चुरी, कमल पुन, बृहस्पति बराल मगर, सन्तोष पौडेल, एन्डी राई, खगेन्द्र थापा मगर, तिर्थ थापा, असल लिम्बु र मेक्शी गुरुङको उम्मेदवारी परेको छ ।
त्यसैगरी आइसीसी सदस्यहरुमा रिचर्ड गुरुङ, विमला लिम्बु, कुमार थापा काउचा ,ओम थापा काउछा,अर्चना गुरुङ फुलप्रसाद कँडेल, भक्त दर्जी र प्रवेश केसीको उम्मेदवारी परेको छ ।

राज्य परिषद अन्तर्गत वेल्सको अध्यक्षमा मोती प्रसाद पुन, उपाध्यक्ष दीपक सुब्बा, सचिव रामु सारु, जोइन्ट सचिवमा श्रीराम थापा मगर, कोषाध्यक्षमा रत्न राई र जोइन्ट कोषाध्यक्षमा पदम पुनको उम्मेदवारी परेको छ । सदस्यहरुमा प्रकाश गुरुङ, खगेन्द्र लिम्बु, सीता गुरुङ, युवराज पुन, सुवास राई, कल्पना लिम्बु र भोजनारायण लिम्बुको उम्मेदवारी परेको छ ।

राज्य परिषद स्कटल्याण्ट र नर्दन आयरल्याण्डका लागि कसैको पनि उम्मेदवारी नपरेको कारण निर्वाचित समितिले गठन गर्ने बताईएको छ भने इङल्याण्ड राज्य समन्वय परिषद घोषणा हुने प्रकृयामा रहेको छ ।

अन्य उम्मेदवारी नपरेपछि निर्वाचिन समितिले २२ तारिखमा अल्डरसर्टस्थित निर्विरोध भएको घोषणा गरेपछि निर्वाचित हुनेहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *