स्विट्जरल्याण्डको बर्नमा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउंदै
Share
![](https://swissnepal.com/wp-content/uploads/2022/02/1781120_223639497838201_669231184_o-820x394.jpg)
गैर आवसीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डद्वारा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ।
गैर आवसीय नेपाली संघ महिला फोरमले “Inspire Inclusion”(समावेशीकरणलाई प्रेरित गर्नुपर्छ ) भन्ने मूल नारालाइ अंगाल्दै आउँदो ९ मार्चको शनिवारका दिन स्विट्जरल्याण्डको राजधानी बर्न स्थित Gemeinschaftszentrum der Kirchgemeinde Petrus, Jupiterstrasse 15, CH 3015 Bern मा ११४ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको हो ।
कार्यक्रममा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत राम प्रसाद सुवेदीको प्रमुख अथिति रहने छ। कार्यक्रममा सांगितिक कार्यक्रमका साथ साथै खानाको पनि व्यवस्था रहने छ ।
अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुनका लागि एनआरएनए महिला फोरम स्विट्जरल्याण्डका संयोजक चम्फा ज्ञावली रुकस्टुलले हार्दिक आह्वान गरेको छ।
![](https://swissnepal.com/wp-content/uploads/2024/02/423454850_1477172433224013_4864083032948070212_n-705x1024.jpg)