Type to search

मुख्य समाचार समाचार

यती एयरलाइन्स दुर्घटना ! नेपालको आन्तरिक उडान इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति !!

Share

१५ जनवरी २०२२ आइतबारका दिन भएको यती एयरलाइन्स दुर्घटनामा परि अहिले सम्म ६८ जनाको ज्यान गइसकेको जानकारीमा आएको छ। विमानमा चालक दलका ४ र ६८ गरी ७२ जना सवार गरेका थिए । उक्त एयरलाइन्सका अनुसार विमानमा सवारमध्ये ३७ जना पुरुष, २५ जना महिला, ३ जना बच्चा र ३ जना शिशु रहेको जानकारीमा आएको छ। उनीहरूमध्ये ५३ नेपाली नागरिक रहेको। ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अस्ट्रेलियन, १ आइरिस , १ फ्रान्सेली गरी १५ जना विदेशी नागरिक थिय ।

काठमाडौंबाट यात्रु लिएर पोखराको लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान बिहान १०:५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको थियो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो ।

पोखरा दुर्घटनामा व्यावसायिक आन्तरिक उडानतर्फ नेपालले अहिलेसम्मकै ठूलो र दर्दनाक मानवीय क्षति व्यहोरेको छ । व्यावसायिक आन्तरिक उडानमा भएका ५० दुर्घटनामध्ये २१ दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । २९ दुर्घटनामध्ये पोखराबाहेक मात्रै ३ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *