Type to search

मुख्य समाचार समाचार स्वस्थ्य

पथरीशनिश्चरेमा कोरोना परीक्षण सुरु

Share

गोपाल काफ्ले पथरी

बैशाख ३

मोरङको पथरी शनिश्चरेमा पनि कोरोना परीक्षण सुरु गरिएको छ । नगरको निगरानीमा रहेका उनिहरुको ¥यापिड टेस्ट किट (आरडिटी) बाट परीक्षण भइरहेको ।

होम क्वारेनटाइनमा रहेका २३ जना र बिदेशबाट आएका ब्याक्तीलाई टेस्ट गर्ने तयारी रहेको छ । परीक्षण पछि नेगेटिभ आएमा घर फर्काइने र पोजेटिभ या संकास्पद भएमा थप आइसोलेसन वा क्वारेनटाइन कहाँ राख्ने भन्ने निर्णय हुने नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताउनुभयो ।

नगरबाट १० जनालाई प्रदेश स्तरीय टाँडीमा रहेको नेपाल आर्मीले तयार पारेको क्वारेनटाइनमा राखिएको थियो । क्वारेनटाइन अवधिभर राखेर परीक्षण गर्दा ९ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनिहरु घर फर्किसकेका छन् । बुधबारबाट पहिलो चरणको परीक्षण सुरु भएको टेष्टमा नतिजा नेगेटिभ आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *