Type to search

समाचार

असिनाले फलफुल र तरकारीबाली नष्ट, २ सयको संख्यामा किसानहरु प्रभावित

Share

वीरेन्द्र रावल,

धनगढी,बैशाख ३ । मंगलबार साँझ परेको बाक्लो असिनाका कारण कैलालीको पहाडी चुरे गाउापालिकामा करोडौंको फलफुल र बेमौशमी तरकारी बाली नष्ट भएको छ ।

सुदूरपश्चिमकै एकमात्र सुन्तला खेतीको लागि पकेट क्षेत्रको रुपमा घोषित चुरे गाउँपालिकामा सुन्तला, मौशमी,भोगटे,अमिलो देखि लिएर व्यवसायीक रुपले गरिएको बेमौशमी तरकारी खेतीलाई असिनाले नष्ट गरेको स्थानीय किसानहरुले गुनासो पोखेका छन् ।

बाक्लो असिनाका साथ पानी परेको र तीन फिट बाक्लो असिनाका कारण अलाड,घरखेडा,धपेनी,,मगराउँ,काँडा,सल्लेरी र आमथला लगायतका गाउँहरुका किसानले लगाएको तरकारी र सुन्ता,आप,लिची,अमिलो र मौशम खेती नष्ट भएको कुरा चुरे गाउँपालिकाका प्रमूख प्रशाशकीय अधिकृत बसन्त बोहराले जानकारी दिनु भएको छ ।
उहाँले क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको समेत जानकारी दिनु भएको छ ।

उहाँका अनुसार जिल्लाकै सुन्तला पोकेट क्षेत्र भएका कारण पनि किसानहरुका लागि असिनाले निकै विपद् सृजना गरिदिएको छ । एकातीर कोरोनाको संक्रमणलाई कसरी आउन नदिने भन्ने युद्धमा लागिरहेका बेला फेरी प्राकृतिक विपद् आई लागेकाले समस्या माथी समस्या थपिदिएको बताउनु हुन्छ ः प्रमूख प्रशासकीय अधिकृत बोहरा ।

घर परिवारको एकमात्र व्यवसाय नै सुन्तला खेती रहेको र त्यसैको बिक्रीबाट प्राप्त हुने आम्दानीले घरपरिवारको खर्च चलाउँदै आउनु भएका चुरे गाउँपालिका वडानम्बर ३ धपेनीका प्रेम रानामगरले यस बर्षको सुन्तलाखेती असिनाले पूर्णरुपले नष्ट गरिदिएको बताउनु हुन्छ ।उहाँका अनुसार ३ फिट बाक्लो असिनापानी परेपछि सारा सुन्तला,अमिलो र मौशमीका फलहरु सोत्तर पारिदिएको छ ।

यस्तै व्यवसायीक तरकारी खेती गर्दै आउनु भएका वडानम्बर ३ घरखेडाका देवीराम आचार्यको पनि लाखौंको मूल्य पर्ने व्यवायीक तरकारीहरु असिनाले नष्ट गरिदिएको बताउनु भएको छ । उहाँले भन्नु भयो : बर्षभरीको घरखर्च, नानीहरुको पढाई खर्च देखि लत्ताकपडा अनि खाद्यान्नको जोहो तरकारी बिक्रीबाट प्राप्त हुने पैसाले गर्ने गरिएको भएपनि यसपाली निकै ठूलो आर्थिक संकट उत्पन्न हुने देखिएको छ ।

यस्तै सो गाउँमा सुन्तला व्यवसाय गर्दै आएका हर्क रानामगरको बारीमा रहेको सुन्तलाखेतीपनि पुर्णरुपले सखाप भएको रानामगरले बताउनु भएको छ ।

असिनाले पानीका कारण ५ वटा भन्दा बढी गाउाका २ सय किसानहरुको बेमौशमी तरकारी र फलफुल नष्ट भएको कुरा बताउनु हुन्छ ः स्थानीय प्रेम रानामगर । मगरले भन्नु भयो : प्राकृतिक विपद्बाट गाउँबासीहरुले निकै ठुलो भोकमरीको सामना गर्नुपर्ने खतरा आई लागेका कारण तत्काल सरकारले आवश्यक क्षतिपुर्तिको व्यवस्था गर्ने तर्फ पहल गर्नुपर्दछ ।

सुन्तला लगायतका फलफुलको पकेट क्षेत्रको रुपमा रहेको चुरे गाउँपालिकामा उत्पादन हुने सुन्तलाले सुदूरपश्चिम देखि लिएर प्रदेश नम्बर ५ को बुटवलसम्म बजार ओग्टने गरेको भएतापनि यस बर्ष भने सुन्तलाको माग अनुसार आपुर्ति नभई भारतीय बजारमा नेपाली मुद्रा जाने भई अर्थतन्त्रमा पनि गिरावट आउने निश्चित देखिएको किसानहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *