नागरिकता विधेयक पारित भएकोमा कार्कीद्वारा स्वागत
Share

प्रकाश अर्याल,लन्डन। गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष तथा गैर आवासीय नागरिकता निरन्तरता विभागका संयोजक मोहन कार्कीले संघीय संसद, प्रतिनिधि सभाले नागरिकता सम्बन्धी विधेयक पारित गरेकोमा स्वागत गर्नुहुँदै विश्वभर रहनुभएका गैर आवासीय नेपाली दाजुभाई दिदीबहिनीहरुलाई बधाई दिनु भएको छ।
नागरिकता सम्बन्धी विधेयक राष्ट्रिय सभाले पारित गरे पश्चात कानुनी रुपमा कार्वनयन हुने र गैर आवासीय नागरिकताको अभावमा आफ्नो मातृभूमिको कर्ममा योगदान दिन इच्छुक गैर आवासीय नेपाली दाजुभाइ दिदीबहिनी हरुको लागी एक सुवर्ण अवसर भएको एनआरएनएका उपाध्यक्ष तथा गैर आवासीय नागरिकता निरन्तरता विभागका संयोजक कार्कीले बताउनु भएको छ।
गैर आवासीय नागरिकताको माग सम्बोधनसंगै मातृभूमि प्रतिको आफ्नो दायित्व अझै बढेको महसुस भएको तथा आगामी दिनहरुमा सम्पूर्ण गैर आवासीयहरुले मातृभूमि पक्षमा दिने योगदान अझ बढी सहज हुनेमा कार्कीले बताउनु भयो।
गैर आवासीय नेपाली संघ युकेका उपाध्यक्ष कार्कीले गत वर्ष नेपाल सरकारका गृह मन्त्री बालकृष्ण खाँड र तत्कालिन कानुन मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की लाई गैर आवासीय नेपाली संघ युकेको तर्फबाट ज्ञापनपत्र दिंदै नागरिकता सम्बन्धी विधेयकको विषयमा विस्तृत छलफल गर्नु भएको थियो। साथै गत महिना नेपालका माननीय पूर्व मन्त्रीज्यु हरु, प्रभावशाली माननीय सांसदज्युहरु गैर आवासीय नेपाली संघ युकेको अन्तरक्रियाको संयोजन गर्नु भएको थियो। उक्त कार्यक्रममा उपाध्यक्ष कार्कीले गैर आवासीय नागरिकताको आवश्यकताको सन्दर्भमा दिनु भएको प्रस्तुतिको निकै प्रशंसा भएको थियो।
उपाध्यक्ष कार्कीले अब गैर आवासीय नेपालीहरुलाई नेपालीमा सानो लगानीको लागि ,नेपाली शेयर बजार मा लगानीको लागि पहल गर्न आवश्यक रहेको र गैर आवासीय नेपालीहरुलाई नेपालमा सम्पत्ति खरिद , लगानी गर्दा हुने प्रशासनिक झन्झटलाई सरल गर्न पहल गर्नु पर्ने बताउनु भएको छ।