Type to search

स्विस/प्रवास

लिम्बुमाथि अनुसन्धान शुरु, उनका अभिव्यक्तिमा भ्रम नगर्न एनआरएनए यूकेको अनुरोध

Share

बिराटमनी चोंग्बंग लिम्बु लन्डन । गैर आवासीय नेपाली संघ बेलायतका महासचिव खुशी लिम्बुले संघको विधि विधान र मर्यादा विपरित कार्य गरेका सम्बन्धमा छानविन शुरु भएको छ ।
छानविन समितिका संयोजक संघका सल्लाहकार तथा काउन्सिलर नेम थापाले विभिन्न प्रश्नसहित लिम्बुलाई तीनदिनभित्र जवाफ दिन पत्राचार गरेको श्रोतले बताएको छ ।

गत आइतबार सम्पन्न संघको बैठकले लिम्बुमाथि लागेका आरोपबारे छानविन गर्न थापाको संयोजकत्वमा संघका सल्लाहकारद्धय सारदा गुरुङ्ग तथा मन्दिप केसी सदस्य रहेको तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

उक्त समितिले आउंदो ६ अगष्टमा हुन लागेको संघको साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्नेछ ।यसअघि संघले तीनपटक स्पष्टीकरण सोधेपनि खुशीले जवाफ दिएका छैनन् ।

यसैबीच, एनआरएनए यूकेले लिम्बु हाल निलम्बित अवस्थामा संघको कुनै पनि जिम्मेवारीमा नरहेको जनाउंदै उनका अभिव्यक्ति आधिकारिक नहुने स्पष्ट पारेको छ ।
लिम्बुले कतिपय प्लेटफार्ममा साधारणसभाबारे अनर्गल प्रचार प्रसार गरेको सुनिन आएको जनाउंदै अध्यक्ष प्रेम गाहामगरले ति सबै भ्रमपूर्ण र असत्य रहेका जनाएका छन् ।अध्यक्ष गाहामगरले उनका भनाइ वेवास्ता गर्न आग्रह गर्दै ६ अगष्टको साधारणसभामा सहभागी भइदिन सबै पञ्जीकृत सदस्यहरुमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *