Type to search

मुख्य समाचार समाचार

धर्म परिर्वतन रोक्नका लागि साँसद माझीले मागिन विशेष कार्यक्रम

Share

बागमति प्रदेश सभाको नीति तथा कार्यक्रममा वोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी साँसद रिता माझीले बागमति प्रदेशमा सवैभन्दा धेरै बसोवास गर्ने आदिवासी जनजाति भएकोले भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न नसकेमा धर्म परिवर्तनले यो प्रदेशको मौलिकता, गहना अस्ताएर जाने वताउँदै धर्म परिवर्तन रोक्नको लागि विशेष कार्यक्रम संचालन गरिनु पर्ने वताउनु भयो । धर्म, संस्कार, संस्कृति र रितिरिवाज धर्म परिवर्तनले खाईसकेको वताउँदै यदि यो क्रम नरोकिने हो भने पहिचान विनाको आदिवासी जनजाति स्थापित हुने वताउनु भयो । साँसद माझीले खोपको नीति ल्याए पनि कहिले ल्याउने, कति ल्याउने निक्र्यौल गरि समयमा टुङ्गो लगाउनु पर्ने वताईन । साँसद माझीले जलविद्युतबाट विस्थापित हुने माझी लगायत समुदायको संरक्षण हुने गरि प्रतिवद्धता सहित कम क्षतिमा कार्य गर्न समेत माग गरिन् ।

1 प्रतिक्रिया

  1. 卞鑫豪 December 13, 2021

    नमस्ते

    Reply

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *