Type to search

स्विस/प्रवास

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा उत्तर राईले उम्मेद्वारी घोषणा

Share

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको अध्यक्षमा म्याड्रिड निवासी उत्तर राईले उम्मेद्वारी घोषणा गरेका छन्। एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको पाँचौ अधिबेशनमा आईतबार बोल्दै वर्तमान कार्यसमितिका उपाध्यक्षसमेत रहेका राईले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका हुन्।

आगामी जुलाई २५ मा हुने एनआरएनए स्पेनको सातौ अधिबेशनले २०२१- २०२३ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै छ। राईसँगै वर्तमान कार्यसमितिका उपाध्यक्ष दिनेशकुमार गिरी र कार्यसमितिका सदस्य शालिकराम डुम्रेले पनि अध्यक्षnपदमा उम्मेदवारी दिने बताउदै आएका छन्।

नेपालको पुर्वी धरानमा जन्मेका राई विगत २४ वर्ष देखि स्पेनको राजधानी म्याड्रिडमा बस्दै आएका छन्। संघको ईतिहासमा नै बार्सिलोना बाहिरबाट एनआरएनए स्पेनको नेतृत्वमा उम्मेद्वारी घोषणा गरेको यो पहिलो पटक हो। राई एनआरएनए क्षेत्रीय समिति म्याड्रिडका पूर्व अध्यक्षसमेत हुन्।

आफ्नो उमेद्वारी कुनै निश्चित एक विचार समुह वा क्षेत्रको मात्रै नभएर पुरै स्पेनबासी नेपाली समुदायको प्रतिनिधित्व गर्ने राईले बताए। क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गैर आवासीय नेपाली संघमा सवै स्पेनवासि नेपालीहरु अटाउनु पर्छ भन्ने नाराकासाथ सर्वपक्षिय सहयोग मलाई रहन्छ भन्ने विश्वास गरेको छु। यस मञ्चबाट फेरी एकपटक सम्पुर्ण स्पेनवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको लागि आह्ववान गर्दछु।’

उम्मेद्वारी घोषणाको क्रममा राईले स्पेनिश समुदायसँग आफ्नो राम्रो घुलमिल तथा कामको अनुभव समेत रहेको बताए। ‘करिव ८ वर्षसम्म म स्पेनिस मजदुर संगठन (युजिटी) प्रतिस्ठानमार्फत अध्यक्ष भएर कामदारको पक्षमा केही सेवा गर्ने अबसर समेत पाएको थिए। जसले गर्दा यहाँका केहि निती नियमहरू नजिकबाट सिक्ने मौका पाएको छु।’ राईले भने।

स्पेनिश भाषामा समेत आफ्नो दख्खल रहेको बताउँदै उनले स्पेनको नेपाली समुदायलाई स्पेंनिश समुदायसँग अझ बढी घुलमिल गराउने कार्यक्रमहरु ल्याउने प्रतिवद्वता ब्यक्त गरेका छन्। उनले स्पेनिश भाषामा सवै तहको अध्ययन पुरा गरेर यहाँको चर्चित पत्रिका एलपाइसको लागि भाषा अनुवादकको रुपमा काम गरेको अनुभव आँफूसँग रहेको बताएका छन्।

‘समाज र समुदायमा विश्वास गर्ने भएकोले ब्यक्तिभन्दा ठुलो समुदाय हो भन्ने लाग्दछ। विभिन्न बाहानामा विभाजित भएर अगाडी बढ्दा त्यसको फाइदा केही सिमित ब्यक्तिलाई भएपनि नोक्सान समुदायलाई हुन्छ भन्ने मान्यता राख्दछु । जस्तोसुकै परिस्थितीमा पनि ब्यक्तिलाई होईन समुदायलाई जिताउनु पर्छ भन्ने मेरो धारणा स्पष्ट छ।’ राईले भने।

यसैबीच एनआरएनए क्षेत्रीय समिति म्याड्रिडको आईतबार सम्पन्न पाँचौ अधिबेशनले मेघनाथ ढकालको अध्यक्षतामा सर्बसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *