Type to search

मुख्य समाचार समाचार

चितवनमा करेन्ट लगाएर गैंडा मारिएको पुष्टि

Share

चितवन, ७ पुस । चितवनमा गत मंसिर २७ गते मृत भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको खुलासा भएको छ ।भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ ।

सिद्धिगणेश सामुदायिक वन, विजयनगरस्थित गणेश मन्दिर जानेबाटो नजिक छेउको तोरी र जैघाँस भएको खेतमा गैंडा मृत भेटिएको थियो ।तोरी र जैघाँस भएको ठाँउमा गैंडा चर्न पुग्दा त्यो ठाँउमा छाडिएको करेन्ट लागेर गैंडा घटनास्थलमा नै मरेको कार्यालयले जनाएको छ ।विषाक्त घाँसका कारण गैंडाको मृत्यु भएको भनिए पनि पोस्टमार्टम रिपोर्टले करेन्ट लागेर मरेको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *