Type to search

मुख्य समाचार समाचार

अवरोधका बीच प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

Share

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच चार वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत गरिएको छ ।

एमालेका अवरोधका बीच बुधबार बसेको बैठकमा प्रस्तुत गरिएको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र रेल्वे अध्यादेश, २०७८ बहुमतले स्वीकृत भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तीन वटा अध्यादेश र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रणुकुमारी यादवले रेल्वे अध्यादेश स्वीकृतिका लागि पेश गर्नुभएको थियो । तर, ती प्रस्तावहरूको विरोधमा सांसद प्रेम सुवालले सूचना दर्ता गराउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक पुस १८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *