बिश्व प्रसिद्ध खेलाडी डिएगो म्याराडोनाको निधन
Share

बिश्व प्रसिद्ध फुटबल खेलाडी डिएगो म्याराडोना बुधवार २५ नोवेम्बर २०२० मा निधन भएको छ । मष्तिष्कको शल्यक्रिया गरेका म्याराडोना अर्जेन्टिनाको ब्युनस आयर्समा हृदयघातका कारण ६० बर्षको उमेरमा निधन भएको छ ।
३७ वर्षो सम्म फुटबलको व्यवसायिकमा रहेका डिएगो म्याराडोना फुटवल इतिहासमा उत्कृष्ट खेलाडीहरु मध्यक एक हुन् । उनकै कप्तानीमा उनको देश अर्जेण्टिनाले सन् १९८६ को विश्व कप फूटबल प्रतियोगीता जितेको थिए भने १९९० को विश्वकपमा अर्जेन्टिनालाई फाइन सम्म पुर्याएका थिय। विश्वकपमा बेलायत विरुद्ध हातले गरेको गोललाई ऐतिहासिक मानिन्छ । उक्त गोललाई उनले भगवानको हातले गरेको गोल भनेका थिए । लागूऔषध सेवनका कारण सन् १९९१ मा म्याराडोना विवादमा आएका थिय।