Type to search

विश्व

टर्कीमा कर्फ्यूपछि आलोचित गृहमन्त्रीको राजीनामा अस्वीकृत

Share

टर्कीका राष्ट्रपति तयिप एर्डोगानले गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका छन्।

शुक्रबार रातिदेखि ४८ घण्टाको कर्फ्यु जारी गरेपछि गृहमन्त्रीको आलोचना भएको थियो। दर्जनौं शहरमा राति १० बजे कर्फ्यूको जानकारी गराएपछि दुई घण्टाभित्र लाखौं मान्छेहरू शपिङ गर्न निस्केका थिए।

जसकारण गृहमन्त्री सुलेमान सोयलुको आलोचना भएपछि उनले राजीनामा दिएका थिए। तर उनको राजीनामा आइतबार राष्ट्रपति एर्डोगानले आस्वीकार गरेका हुन्।

गृहमन्त्रीले ट्वीटरमा राजीनामा दिन लागेको जानकारी गराएका थिए। ‘कर्फ्यू जारी गर्नुअघिको घटनाले कोरोनाभाइरस महामारीको व्यवस्थापनमा सहयोग पुगेन,’ उनले भने।

तर एर्डोगानले उक्त निर्णय उपयुक्त नभएको र पदमा निरन्तरता दिने आशय जनाएका थिए। टर्कीका ३१ प्रान्तमा गरिएको एक हप्ते लामो लकडाउन सकिए लगत्तै उनको राजीनामा आएको रोयटर्सले जनाएको छ।

प्रतिपक्षी दल रिपब्लिकन पिपल्स पार्टी (सिएचपी)ले यो कर्फ्यु जारी गर्ने तरिकाले टर्कीमा कोरोनाभाइरस प्रकोप नियन्त्रण गर्ने प्रयासलाई कमजोर पारेको बताएका छन्।

त्यहाँ अहिलेसम्म ५६ हजार बढी कोरोनाभाइरस संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै ११ सय बढीले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *