Type to search

मुख्य समाचार स्वस्थ्य

थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ पुग्यो

Share

काठमाडौं, वैशाख १ गते । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित संख्या १४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालमा संक्रमित संख्या १४ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कैलालीको लम्किचुहा नगरपालिकाकी बासिन्दा ६५ वर्षीया एक महिलालाई संक्रमण भएको हो । त्यस्तै राैतहटकाे क्ववेन्टाइनमा रहेका १९ वर्षीया पुरूषमा पनि फेला परेकाे छ

र्‍यापिड टेष्टमा भाइरस फेला नपरेपछि घर पठाइएकी ती महिलामा कोभिड–१९) पछि काठमाडौमा गरिएको परीक्षण संक्रमण पुष्टि भएको हाे ।
उहाँ वीरगञ्ज नाकामा चिया बेच्नुहुन्थ्यो । लक डाउनका कारण समस्यामा परेकाहरू उहाँसहित १७ जनालाई स्थानीय प्रशासनले उद्दार गरेर चैत १७ मा कैलालीको लम्की पठाएको थियो ।

उहाँहरूलाई स्थानीय जनप्रतिनिधिले लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखेका थिए । पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएपछि उहाँहरु सबैलाई फेरि क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *