Type to search

मुख्य समाचार विश्व

अमेरिकी नव राष्ट्रपति जो बाईडेन कार्यकालको पहिलो दिन करिव आधा दर्जन कार्यकारी आदेश जारी गर्ने सम्भावना

Share

अमेरिकी राष्ट्रपति निर्वाचनका विजेता जो बाईडेनले कार्यकालको पहिलो दिन करिव आधा दर्जन कार्यकारी आदेश जारी गर्ने सम्भावना रहेको अमेरिकी सञ्चार मध्यमले जनाएका छन् । बाईडेन निकट स्रोतलाई उदृत गर्दै दिईएका समाचारमा ति कार्यकारी आदेशले राष्ट्रपति ट्रम्पले गरेका गल्ती सुधार्ने बताईएको छ ।

बाईडेनले नोभेम्बर ३ मा भएको निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका छन । बाईडेनले सात करोड ५३ लाख लोकप्रीय मत प्राप्त गरेका छन भने डोनाल्ड ट्रम्पले सात करोड ११ लाख मत प्राप्त गरेका छन । राष्ट्रपति हुनका लागि आवश्यक दुई सय ७० इलेक्टोरल कलेज बाईडेनले प्राप्त गरीसकेका छन । उनले दुईसय ९० इलेक्टोरल मत प्राप्त गरेका छन । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय १४ मत प्राप्त गरेका छन । केही राज्यमा मतगणना चलिरहेको छ ।

अमेरिकालाई सर्वाधिक प्रभाव पारेको कोभिड १९ रोकथाममा बाईडेनले विशेष ध्यान दिने बाईडेन निकट स्रोतले बताएको छ । उनले सोमबार नै आफ्नो कोभिड १९ टास्क फोर्स घोषणा गर्नेछन । यसमा जनस्वास्थ्य विज्ञहरु र केही डेमोक्र्याट नेता समावेस हुनेछन । टास्क फोर्सको नेतृत्व कसले गर्ने छ भन्ने स्पस्ट भएको छैन । डोनाल्ड ट्रम्पले उपराष्ट्रपति माईक पेन्सको नेतृत्वमा टास्क फोर्स गठन गरेका थिए ।

बाईडेनले आफ्नो कार्यकालको पहिलो दिन मुस्लीम राष्ट्रमाथि लगाईएको यात्रा प्रतिवन्ध हटाउन कार्यकारी आदेश जारी गर्ने सम्भावना छ । राष्ट्रपति ट्रम्पले ईरान, लिविया, सोमालिया, सिरिया र यमन जस्ता मुस्लीम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिवन्ध लगाएका थिए । यो प्रतिवन्धमा कोहि पछि भेनेजुएला, उत्तर कोरिया, सुडान र म्यान्मारलाई पनि समावेश गरिएको थियो ।

बाईडेनले व्श्वि स्वास्थ्य संगठनमा अमेरिका पुनः प्रवेश गर्ने कार्यकारी आदेश पनि जारी गर्ने छन । कोभिड १९ बढदै गएको बेला गत मे २९ मा अमेरिकाले डब्लुएचओको सदस्यता त्याग्ने घोषणा गरेका थिए । ट्रम्पको यो कदमको अमेरिका र विश्वभरी बिरोध भएको थियो । यसैगरी, बाईडेनले जलवायु परिवर्तन सम्वन्धी पेरिस सम्झौतामा पुनः प्रवेश गर्ने कार्यकारी आदेश जारी गर्नेछन । राष्ट्रपति निर्वाचनको बेला बाईडेनले यि विषय गहनरुपमा उठाएका थिए ।

गैरकानुनीरुपमा अमेरिका प्रवेश गरेका वा अमेरिकामा बसीरहेकालाई देश निकाला गर्ने सम्वन्धमा अर्को कार्यकारी आदेश जारी गर्ने सम्भावना छ । यो आदेशमा वृहत ईमिग्रेसन सुधार कार्यक्रम लागु नभएसम्म देश निकाला केही समय स्थगित गरिने छ । बाल्यकालमा अमेरिका आएकालाई स्थायी बसोबास दिने सम्वन्धी कानुनलाई उनले तत्काल कांग्रेसमा पठाउने छन । यसमा लामो समयदेखि अमेरिका रहेका अन्य अस्थायी दर्जाका आप्रवासी पनि समावेस गरिनेछन । अहिलेसम्म यो कानुनको प्रारुप तयार छैन ।

बाईडेनले आप्रवास सुधार र ड्रिमरलाई स्थायी बसोबासको अधिकार दिने कुरा आफ्नो निर्वाचन अभियानको बेला बताउदै आएका थिए । उनले आफ्नो कार्यकालको सयदिन भित्र यसका ठोस कदम चालिने बताएका थिए ।

स्रोतः एजेन्सीहरु
-यादवराज जोशी(इनेपलीजबाट )

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *