Type to search

Uncategorized समाचार स्विस/प्रवास

स्विट्जरल्याण्ड्मा सोमबार देखि सार्बजनिक यातायातमा मास्क अनिबार्य

Share


स्विट्जरल्याण्डमा अहिले लकडाउन खुकुलो भएको एक महिना बित्न लाग्दा कोरोना भाइरस लागेका बिरामीमा वृद्धि हुन लागेको छ । दिन दुइ गुना रात चौगुना गरि कोरोना बिरामी बढे पछि स्विस सरकारको हिजो बुधवार एक जुलाईमा बसेको मन्त्रिपरिशकको बैठकले बिभिन्न निर्णयहरु गरेको छ।

सन्घिय मन्त्रिपरिसदको बैठक पछि पत्रकार सम्मेलन गर्दै स्विस सरकारका सन्घिय सरकार प्रमुख सिमोनेता सुमारुघा र स्वास्थ्य मन्त्रि अला बार्सेले निर्णयहरु सार्बजनिक गरेका छ्न ।

सार्बजनिक यातायातमा मास्क प्रयोग अनिबार्य
आउंदो सोमबार देखि स्विस भरिनै सार्बजनिक यातायातमा यात्रा गर्दा १२ बर्षमाथिकालाइ मास्कको प्रयोग अनिबार्य गरिएको छ। बिशेषगरि अफिस समयमा सार्बजनिक यातायातमा हुने भिडभाड्लाइ मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो । यस भन्दा पहिले सार्बजनिक यातायातमा मास्क अनिबार्य नभए पनि दुरि कायम हुन नसकेको अबस्थामा मास्क प्रयोग गर्न अनुरोध गरिएको थियो भने अब अनिबार्य गरिएको छ ।

स्विट्जरल्याण्डमा बिगत देखिनै सार्बजनिक यातायात र सार्बजनिक स्थानमा मास्क अनिबार्य गर्न बिग्यहरुले अनुरोध गरेपनि सरकारले मास्क प्रयोग गर्न जरुरी नभएको बताउंदै आइरहेको थियो । त्यसै गरि सुरुवाति दिनमा स्वास्थ्य सेवा बिभाग र सरकार दुबैले मास्क प्रयोगले कोरोना रोक्न नसकिने र मास्क प्रयोग गर्नु नपर्ने बताएका थिय।

दश दिन क्वारेन्टाइनमा बस्नु पर्ने
बुधवार एक जुलाईको मन्त्रिपरिषद् निर्णय अनुसार अब कोरोना प्रभाबित देशहरुबाट स्विट्जरल्याण्ड्मा आउनेहरुले दश दिनको अनिबार्य क्वारेन्टाइनमा बस्नु पर्ने छ। कोरोना प्रभाबित देश भन्नाले कुनकुन देश हुन भन्ने कुरा खुलस्त नबताए पनि स्विडेन, सर्बिया, बुल्गारिया लगाएतका देशहरु रहने बुझिएको छ।
स्विट्जरल्याण्ड्मा गत जुन ८ तारिक देखि लक डाउन पुर्णरुपमा खुल्ला गरिएको छ भने सरकारले लगाएको आपतकालिन अबस्थाको पनि अन्त्य भैसकेको छ। लकडाउन खुल्ला पछि नयां संक्रमितको संख्यामा कमी आएपनि अहिले नयां संक्रमितको संख्या बढ्दो रहेको छ। स्विस स्वास्थ्य सेवा बिभागका अनुसार बुधवार एक जुलाईमा मात्र १३५ बढि ब्यक्तिहरु कोरोनाबाट संक्रमित भएका छन ।

कोरोना परिक्षण फ्रि
गत हप्ताको मन्त्रिपरिषद् बैठकले कोरोना परिक्षणमा लाग्ने खर्च सबै सरकारले ब्यहोर्ने जनाएको छ। गत जुन २६ तारिक देखि नै लागु भएको उक्त निर्णय मध्यम बर्गिय ब्यक्तिहरुलाइ ध्यानमा राखि लिइएको बताइएको छ । कोरोना परिक्षणमा खर्च लाग्ने र उक्त खर्च बिमा कम्पनीहरुले आफ्नो मिनिमम चार्ज लगाउने हुंदा धेरै संकास्पद ब्यक्तिहरु लक्ष्यण देखिए पनि जचाउंन नजाने हुँदा कोरोना लागेको संका हुनेहरुले अबदेखि सित्तैमा परिक्षण गराउन पाउने भएका छ्न ।

फोटो : २० मि.

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *