Type to search

Uncategorized खेल स्विस/प्रवास

एन आर एन ए स्विट्जरल्याण्ड कप भलिवल प्रतियोगिता सम्पन्न !! `जुरिच टिम` बिजेता !!

Share

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा आयोजित स्विस कप भलिवल कार्यक्रम ११ जुन २०२२ शनिवारका दिन स्विट्जरल्याण्डको बासेलमा सफलताका साथ् सम्पन्न भएको छ। उक्त भलिवल प्रतियोगितामा छ टिमको उपस्थित रहेको थियो।

१. एन आर एन ए स्विट्जरल्याण्ड टिम २. अर्गाउ टिम ३. जुरिच टिम ४. बर्न टिम ५. बासेल A टिम ६ . बासेल B` टिम गरि छ टिमले प्रतियोगितामा भाग लिएका थिए ।

गोलाप्रथा गरि सुरु गरिएको खेल लिग प्रणालीमा खेलाइएको थियो। अर्गाउ टिमले जुरिच, बर्न र बासेल B टिम गरि तिन टिमलाइ पछि पार्दै सिधै फाइनलमा प्रवेश गरेको थियो। फाइनलका लागि जुरिच र बासेल A टिम को घमासान खेलमा जुरिच टिमले आफ्नो जित हाँसिल पार्दै फाइनलको लागि अर्गाउ टिम संग भिडन्त गर्न आफ्नो स्थान ओगटेको थियो। अर्गाउ र जुरिच टिमको फाइनलमा भएको घमासान खेलमा जुरिच टिमले पहिलो स्थान हाँसिल गर्न सफल भएको थियो।

पहिलो स्थान हाँसिल पार्न सफल जुरिच टिमले पहिलो पुरस्कार- ट्रफी(कप) सहित ५०० स्विस फ्रान्क र पदक। दोश्रो स्थानमा अर्गाउ टिमले दोश्रो पुरस्कार – ३०० स्विस फ्रान्क र पदक। त्यस्तै तेश्रो स्थान हाँसिल पार्न सफल बासेल टिम A ले तेश्रो पुरस्कार – १५० स्विस फ्रान्क र पदक प्राप्त गरेको थियो भने खेल को म्यान अफ द म्याच बासल टिम बि बाट खेल खेल्नु भएकि ज्योति पुन मगर लाइ प्रमाणपत्र र ट्रफि प्रदान गरिएको थियो । बिजेता उपबिजेता लगाएत लाइ एन आर एन स्विटजरल्याण्डकि अध्यक्ष शुभा एल्मर लामाले पुरस्कार र ट्रफि प्रदान गर्नु भयो भने उक्त भलिभल प्रतियोगिताको लागि पोखरा किचेन,रेस्टुरान्ट मोमो , ग्रिल हाउस गेट्नाउ, जापानिज एन्ड थाइ कुजिन र एसिएन किङ ले स्पोन्सर गरेका थिए।

खेल मैदानमा भएको बेजोड प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकहरुलाई सारै नै मनोरंजन गराएको थियो।खेलाडीहरुका लागि खाना र सफ्ट पेय पदार्थ फ्री रहेको थियो भने दर्शकहरुका लागि सुपथ मुल्यमा बिक्रि गरिएको थियो ।
उक्त भलिभल प्रतियोगितामा स्विसका बिभिन्न सहरमा बसोबास गर्ने नेपालीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *