Type to search

स्विस/प्रवास

ओली सरकार बिरुद्धमा आवाज उठाउने सबैलाइ प्रवासी नेपाली एकता मन्च बेलाएतको बिज्ञप्तिद्वारा धन्यबाद

Share

प्रवासी नेपाली एकता मन्च बेलाएतले एक बिज्ञप्ति जारि गर्दै प्रतिनिधि सभा पुनर्स्थापनाको सर्बोच्च अदालतको आदेशको स्वागत गरेको छ । मन्चका अध्यक्ष राजेन्द्र पुडासैनि र सचिब सुरेश गौतमद्वारा जारि बिज्ञप्तिमा ओली सरकारले गरेको प्रतिगमनको बिरुद्दमा आवाज उठाउने सबैलाइ हार्दिक धन्यबाद समेत दिएको छ। त्येस्तै मन्च ले सम्बिधान को मर्म र भाबना बिपरित प्रतिगमन गर्ने प्रधानमन्त्रि ले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने पनि माग गरेको छ ।

बिज्ञप्ति जस्ताको त्यस्तै :

प्रेस वक्तव्य

२०७७ पुष ५ गतेका दिन प्रधानमंत्री के पी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालत ले बदर गर्न फैसला गरेको छ। प्रवासी नेपाली एकता मंच बेलायतले प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक छ भनि विरोध गर्दै आएको थियो। आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनर्स्थापित हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै हार्दिक स्वागत गर्दछौं। यस्तो असंवैधानिक काम गर्ने प्रधानमंत्री ओलीलाइ नैतिकताको आधारमा तत्काल आफ्नो पदबाट राजीनामा दिन समेत माग गर्दछौं। प्रधानमंत्रीको उक्त कदम प्रतिगमनकारी हो भन्दै त्यसलाई सच्याउन दबाब दिन हामीले चलाएको अभियानमा सघाउनु हुने देश भित्र र बाहिरका सबै साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

राजेन्द्र पुडासैनी
अध्यक्ष
सुरेश गौतम
सचिव
प्रवासी नेपाली एकता मंच बेलायत

२३ फेब्रुअरी २०२१

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *