Type to search

स्विस/प्रवास

स्विट्जरल्याण्ड सरकारद्वारा लकडाउन केहि खुकुलो, रेस्टुरेन्ट र बारहरु मार्च २२ सम्म बन्दै रहने

Share

कोरोना संक्रमणमा केहि कमी आएपछि स्विस सरकारले मार्च एक बाट लागु हुने गरि लकडाउनलाइ केहि खुकुलो बनाएको छ। स्विस संघिय सरकारको आज २४ फेब्रुअरी बुधवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउनलाइ केहि खुकुलो बनाउने निर्णय गरेको हो । कोरोना संक्रमणमा केहि कमी आएपछि बिज्ञहरुको समेत सल्लाहमा उक्त निर्णय लिइएको जनाइएको छ। पछिल्लो समय स्विट्जरल्याण्डमा कोरोना संक्रमितमा कमी आएपनि नयां प्रकारको भाइरस उल्यख्य मात्रामा फैलिन थालेको हुनाले पुर्णरुपमा लकडाउन खुल्ला नगरिएको हो ।

आज २४ फेब्रुअरी को निर्णय अनुसार अब मार्च एक तारिख देखि

  • सम्पुर्ण पसल / सपिङ सेन्टरहरु खुल्ला रहने छन् ।
  • अहिले सम्म रहिआएको पांच जना सम्म मात्र भेटघाट गर्ने बन्देजलाइ केहि परिमार्जन गरि घर बाहिर खुल्ला ठाउंमा १५ जाना सम्म एकै चोटि भेट गर्न पाइने छ भने भित्रि भेटघाटलाइ पांच जनामा एथावत राखिएको छ।
  • अहिले सम्म रहिआएको १६ बर्षसम्मका बच्चाहरुले मात्र खेलकुदमा सहभागि हुन पाउने नियमलाइ परिबर्तन गरि २० बर्ष बनाइएको छ। अब २० बर्ष मुनिका सबैले खेलकुद गर्न पाउने भएका छन् ।
  • चिडियाखानाहरु बाहिरि भ्रमणको लागि खुल्ला गरिएको छ भने इन्डोर भ्रमण बन्दै रहने छ।
  • दर्शक बिना गरिने खेलकुदहरु, कन्सर्टहरुलाइ खुल्ला गरिएको छ ।
  • रेस्टुरेन्ट,बार, डिस्कोथेक, इन्डोर खेलकुदहरु कम्तिमा पनि २२ मार्च सम्म बन्द रहने भएका छन ।

कोरोना महामारीको दोश्रो लहर सुरु भएपछि स्विस सरकारले गत डिसेम्बर २२ तारिख देखि स्विट्जरल्याण्ड भरि लकडाउन गरेको थियो। स्विस सरकारले दोश्रो लकडाउन गर्नु भन्दा पहिले नै कतिपय प्रदेशहरुले त्यो नीति लागु गरि सकेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *