Type to search

स्विस/प्रवास

एनआरएनए पोल्याण्डले घटायो सदस्यता शुल्क

Share

-शेर ब. परियार ,पोल्याण्ड
एनआरएनए पोल्याण्डको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता शुल्कमा पुनर्विचार गर्दे घटाएको छ।

एनआरएनए पोल्याण्डका महासचिव कविन्द्र सुवेदी “अन्य देशहरुको तुलनामा हामीले निर्धारण गरेको शुल्क केही बढि नै देखियो त्यसैले हिजो साँझ नै समितिको बैठक बसेर सदस्यता शुल्क घटाएका छौं,शुल्क घटाइएको परिमार्जनसहित सूचना पनि सार्वजनिक गरेका छौं। हामीले सबैलाई जोड्ने प्रयास गरेको छ अब पोल्याण्डमा रहेका सम्पुर्ण नेपालीलाई एनआरएनएको सदस्यता लिन अनुरोध छ।हाम्रो फेसबुक पेज मार्फत सदस्यता प्राप्त गर्ने तरिका बताइएको छ,यदि कुनै समस्या भए सूचनामा दिइएका फोनमा सम्पर्क गर्न अनुरोध छ” भन्छन्।

एनआरएनए पोल्याण्डले एक सूचनामार्फत पंञ्जीकृत सदस्यता शुल्क १०० ज्लोती तोकेको थियो। तर अन्य देशको तुलनामा पोल्याण्डको सदस्यता शुल्क बढी भयो भन्दै प्रवासी नेपाली मञ्च पोल्याण्ड र विवेकशील साझा समिति पोल्याण्डले प्रेस विज्ञप्ति नै जारी गर्दे शुल्क घटाउन माग गरेपछि सदस्यता शुल्क ५० ज्लोती बनाएको हो।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *