Type to search

मुख्य समाचार

एमालेको १९ सदस्यीय स्थायी कमिटी माधव समूह आउट !

Share

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । नयाँ गठन गरिएको स्थायी कमिटीमा झलनाथ खनाल र माधव कुमार नेपाल खेमाका नेताहरुलाई हटाइएको छ ।१९ सदस्यीय स्थायी कमिटीमा माओवादी परित्याग गरि एमालेमा आएका नेताहरुलाई समावेश गरिएको छ । गृहमन्त्री रहेका राम बहादुर थापा बादललाई स्थायी कमिटीको चौथो वरियतामा राखिएको छ ।

माओवादी परित्याग गरि एमालेका स्थायी समिति सदस्य बनेकाहरुमा बादलसहित, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट र खानेपानी मन्त्री मणि थापा रहेका छन् ।अध्यक्ष अ‍ोलीले उपाध्यक्ष वामदेव गौतमलाई पनि स्थायी कमिटी सदस्यमा राखेका छन् । बिहीबारको डिनर मिटिङमा सहमती नभएको भनिएपनि गौतमलाई स्थायी कमिटी सदस्य राखिएको छ ।

नयाँ स्थायी कमिटीमा केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, केशब बडाल र पुष्पराज कँडेल छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *