हाप्पी बर्थ डे स्विट्जरल्याण्ड
Share

आज १ अगस्ट, स्विट्जरल्याण्डको जन्म भएको दिनलाइ स्विस नागरिकले हर्सोल्लासका साथ मनाउदैं छन्। सन १८९१ देखि आजको दिनलाइ स्विट्जरल्याण्डले रास्ट्रीय दिवस घोषणा गरेर मनाउन सुरु गरेको हो। सन् १२९१ मा तिन क्यान्टोन (प्रदेश हरु) उरी ,स्वाइज र उन्टरवाल्देनले एतिहासिक सहमति गरि एकबद्द भै सामुहिक रुपमा मिलेर जाने फैसल्ला गरे पछि आजको स्विट्जरल्याण्डको जन्म भएको इतिहासमा पाइन्छ।
१२९१ को सुरु तिर मुख्य तिन क्यान्टोनहरुले आपसमा समझदारी गरि एक अर्कोलाइ साझा सहयोग र भाइचारा बढाउने र मुख्य रुपमा तत्कालिन हम्बुर्गरहरुको बिस्तारबादी कदम बिरुद्द एक भै मुकाबिला गर्ने सहमति गरिएको थियो।
आजको दिनमा स्विस भरि हर्सोल्लासका साथ आतसबाजी गरिनुका साथै सघिय राज्य स्विट्जरल्याण्डका रास्ट्रपतिद्वारा स्विट्जरल्याण्डका आधारभूत मान्यता र सिदान्तहरुको बारेमा रेडियो तथा टेलिभिजनबाट सम्बोधन गर्नुका साथै सामुदायिक रुपमा विभिन्न कन्सर्टहरु,खेलकुद लगाएतका प्रतिस्प्रधाहरुको पनि आयोजना गरिन्छ।