Type to search

स्विस/प्रवास

स्विट्जरल्याण्डमा ११२ औ अन्तराष्ट्रिय महिला दिवस मनाईयो

Share

-हिरालाल श्रेष्ठ, बेर्न।

एनआरएनए महिला फोरम स्विट्जरल्याण्डले ११२ औ अन्तरराष्ट्रिय महिला दिवस एक कार्यक्रमका बीच मनाएको छ। शनिवार कान्टोन बेर्नमा महिला हकहितका सवालमा आवाज उठाउँदै “सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता” भन्ने मूल नाराका साथ फोरमले अन्तरराष्ट्रिय महिला दिवस मनाएको हो।

श्रीमती लक्ष्मी रिजाल भट्टराई र नेपाली राजदूतावास स्विट्जरल्याण्डका प्रथम सचिव सिर्जना अधिकारीले कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महिला सशक्तीकरणको विषयमा जोड दिइन्। श्रीमती लक्ष्मी रिजाल भट्टराई नेपाली राजदूतावास स्विट्जरल्याण्डका लागि राजदूत मनि प्रसाद भट्टराईको श्रीमती हुन्।

कारिन ज्ञ्यासर, नम्रता क्यासप अधिकारी र जर्मनी देखी आउनु भएका ईमप्रेस सिंह सो कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी थिइन्।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष शुभ एल्मर लामाले कार्यक्रममा महिला जागरण सम्बन्धी बारेमा जानकारी दिइन्। महिला फोरमका संयोजक चम्पा ज्ञवाली रुकस्टुलले कार्यक्रममा नेपालमा भइरहेका केही परियोजनाहरूका बारेमा विस्तृत जानकारी दिइन्।

कार्यक्रममा स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुल, एनआरएनएन स्विट्जरल्याण्डका आइसिसि सदस्य भुमिराज गुरुङ र सिमा गौतम, नेपाली जनप्रगतिशिल मन्चका संस्थापक अध्यक्ष अच्युत प्रसाद फुयाल र जुरीख नेपाल स्पोर्ट्स क्लबका अध्यक्षले बोल्दै महिला दिवसको उपलक्ष्यमा शुभकामना ब्यक्त गरे।

कार्यक्रममा स्थानीय गायक नवराज घिमिरेले गीत र  कल्पना मगरले नृत्य प्रस्तुत गरेका थिए। महिला फोरमका संयोजक चम्पा ज्ञवाली रुकस्टुलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन मुना आचार्य भट्टराई र बिनिता सुनारले गरेकी थिईन।

विशेष अतिथि र कलाकारहरूलाई अध्यक्ष एल्मर लामाले प्रमाणपत्रले सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *