Type to search

स्विस/प्रवास

एन आर एन ए स्विस भलिबल कप स्विट्जरल्याण्डको बासेलमा हुँदै !!

Share

यस पटक गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा आउँदो २०२२ जुन महिनाको ११ गते शनिवारको दिन भलिवल कार्यक्रम बासेलमा गर्ने भएको छ। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका कार्यसमिति लगाएत अन्य केहि स्विसबासी नेपालीहरु संगको छलफलले आउँदो “जुन महिनामा” स्विसबासी नेपालीहरु बीच एन आर एन ए स्विस भलिबल कप स्विट्जरल्याण्ड बासेलको Erlensträsschen 90, 4125 Riehen मा गर्ने निधो गरेको छ ।

आउँदो २०२२ जुन महिनाको ११ गते शनिवारको दिन बिहान ठिक १०:०० बजे देखि खेल सुरु हुने छ। उक्त दिन मौसम अनुसार हलभित्र र बाहिर खुल्ला चौरमा खेल खेल्न खेलमैदान पनि छनौट गरिएको छ। एन आर एन ए स्विस भलिबल कपमा भाग लिन सम्पूर्ण स्विसबासि नेपालीहरुलाई बिनम्र अनुरोध गर्दै खेलमा उपस्थित टिमहरुको शुल्क र पुरस्कारहरुको बिस्तृत जानकारी छिट्टै प्रकाशित हुने गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष शुभा एल्मार लामाले जानकारी गराउनु भएको छ।

“स्वस्थ नै जीवन हो” भन्ने नारालाई मध्यनजर राख्दै उक्त कार्यक्रम गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले आयोजना गरिएको हो। भेटघाट पनि हुने मनोरंजनका साथ् साथै शारीरिक बयाम पनि हुने भएकोले उक्त कार्यक्रम गर्ने निधो गरेको हो । गत केहि बर्ष अघि खेलकुद जस्ता कार्यक्रमहरु धेरै जसो बर्न जुरिच र अराउमा हुँदै आएको थियो भने यसपालि भलिवल कार्यक्रम बासेलमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *