Type to search

मुख्य समाचार स्विस/प्रवास

स्विटजरल्याण्डले लक डाउन चरणबद्द रुपमा खुल्ला गर्ने

Share

स्विटजरल्याण्डले लक डाउन चरणबद्द रुपमा खुल्ला गर्ने भएको छ । कोरोना पोजेटिभहरुको संख्यामा केहि कमी आए पछि स्विस सरकारले लक डाउनलाइ केहि खुकुलो बनाउने निर्णय गरेको हो । १६ मार्चमा स्विस सरकारले राष्ट्रिय आपतकालिन अबस्थाको घोषणा गर्दै अप्रिल १९ सम्मको लागि लक डाउन गरेको थियो। कोरना संक्रमितको संख्या उल्यख्य वृद्धि भए पनि गत हप्ता स्विस संघीय सरकारको मन्त्रिपरिसद बैठकले लक डाउनलाइ एक हप्ता बढाई २६ अप्रिल सम्म गरेको थियो ।

स्विस संघीय सरकारको मन्त्रिपरिसद प्रमुख सिमोनेता सिमारुघाका अनुसार लक डाउनलाइ तिन चरणमा खुकुलो बनाउने निर्णय गरेको छ। पहिलो चरण २७ अप्रिल, दोश्रो चरण ११ मे, अनि तेश्रो चरण पहिलो र दोश्रो चरणको अबधिलाइ अध्ययन गरेर ८ जुन देखि खुल्ला गरिने छ । पहिलो र दोश्रो चरणको अबधिलाइ अध्यन गरि २७ अप्रिल दिउंस तिन बजे पत्रकार सम्मेलनमा जानकारी गराइने स्विस सरकारले जनाएको छ।

स्विस सरकारले आज दिउंस गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पहिलो चरण २७ अप्रिल देखि सैलुन,डेन्टेल क्लिनिक, स्वास्थ्य संस्थाहरु र तिनिहरुले दिने सर्म्पुण सेवाहरु,गार्डेनका समान बेच्ने पसलहरु, मसाज र थेरापि सेन्टरहरु खुल्ला गरिने छ। दोश्रो चरण ११ मे मा प्राथमिक तहको स्कुल,अन्य सन्क्रमणको रिस्क कम भएका पसलहरु खुल्ने छन । तेस्रो चरण ८ जुनमा विश्वबिध्यालयहरु, उ्च्च माध्यामिक तहको स्कुल कलेज, प्राबिधिक तहको पढाइ, पुस्तकालय, म्युजियम, चिडियाखाना आदि खुल्ला गरिने छ । जस्को लागि प्रथम र दोश्रो चरणमा खुल्ला गरिएको लक डाउन र यस्ले पारेको प्रभाबलाइ हेरेर र नयां सक्रमणको अध्ययन गरेर मात्र खुला गरिने कुरा पत्रकार सम्मेलनमा स्विस सरकारका स्वास्थ्य मन्त्रि अला बार्सेले बताउनु भयो ।

मास्क अनिबार्य नहुने
अहिले केहि युरोपियन देशहरुले पनि मास्क अनिबार्य गरेको छ। लक डाउन खुल्ला गरेपछि स्विसमा पनि मास्कको अनिबार्य प्रयोग हुनु पर्ने र हुने भन्ने बहस चलेपनि आज पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रि अला बार्सेले मास्कको अनिबार्य प्रयोगलाइ बाध्यताकारि नबनाइएको तर आफ्नो इच्छा अनुसार र आबस्यकता अनुसार प्रयोग गर्न प्रतिबन्ध नगरिएको बताउनु भयो । अस्पताल, बृदाआश्रम र बिरामी ब्यक्तिको लागि मास्क अनिबार्य बनाइए पनि स्वस्थय ब्यक्तिले मास्क प्रयोग गर्नु अनिबार्य नभएको बताउनु भयो ।

अन्य नियम पहिलेको जस्तै रहने
लक डाउन केहि खुकुलो बनाइए पनि धेरै जसो नियमहरु लकडाउनकै जस्तै रहने छन । जसअनुसार सकेसम्म धेरै घरमै बस्नु पर्ने, ब्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्ने, दुरि मेन्टेन गर्नु पर्ने, पाच जनाभन्दा बढि एकै ठाउंमा भेला हुन नपाउने लगाएतका नियम एथावत रहेको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको छ।

स्विट्जरल्याण्डमा आज सम्म २६४८६ जाना कोरोना पोजेटिभ भएका छन ।  करिब ११०० भन्दा बढिले कोरोनाको कारण ज्यान गुमाएका छन् । अप्रिल ११ देखि दिनानुदिन कोरोनाका कारण मृत्यु हुनेको र संक्रमिति संख्या घट्दै जानुका साथै स्विसबासि सबैले स्विस नियम समग्ररुपमा हेर्दा पालना गरेका कारण स्विस सरकारले लक डाउन चरणबद्द रुपमा खुल्ला गर्ने घोषणा गरेको हो।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *