स्विटजरल्याण्डको जुरीखमा नयाँ बर्ष सांगीतिक कार्यक्रम सम्पन्न
Share

गत अप्रिल १५ तारिख शनिवारको दिन नेपाली नयाँ बर्ष २०८० सालको उपलक्ष्यमा स्विटजरल्याण्डको जुरीख सहरमा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ। स्वीस नेपाली समाजद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली लगाएत नेपालप्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
स्वीस नेपाली समाजले स्विटजरल्याण्डमा मनोरंजनका कार्यक्रम मात्र हैन नेपालका धेरै जसो दुर्गम गाउँहरुमा पनि सहयोग गर्ने कार्यक्रमहरु बर्षौंबर्ष देखि गर्दै आएको छ। शारीरिक अपाङ्गहरुलाई व्हीलचेयर,पढ्नलाइ स्कुल ,गरिबहरुलाई गाँसवास र कपासको सहयोग गर्दै आएको छ भने कोरोना महामारीमा चाहिने अति आवस्यक सरसमानहरुले सहयोग गरेको थियो।

कार्यक्रमलाइ मनोरम र संगीतमय बनाउन युरोपका चर्चित नेपाली कलाकारहरु गायक तुलसी शिवाकोटि र गायिका सुमी घिमिरेको उपस्थित रहेको थियो।
गायक शिवाकोटिले आफ्नो लगाएत नेपाली मिक्स गित गाउँदा उपस्थित धेरै जसोले साथ् दिंदै उर्लीउर्ली स्टेजमै नाच्न पुगेका थिय। कायक्रममा दल बहादुर पुनको टिमले बनाएको नेपाली खानाले सधै झैँ यसपाली पनि मन जितेको थियो।
आउँदा दिनहरुमा अव स्वीस नेपाली समाजले गएका समय भन्दा अझ धेरै कार्यक्रमहरु गर्ने स्विस नेपाल डट कमलाइ संस्थाका तर्फबाट कमल भट्टले जानकारी गराएका थिय।




