Type to search

मुख्य समाचार स्विस/प्रवास

लिस्बनको ग्रिन एण्ड चिलमा बुद्ध जयन्ती अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share

लिस्बन । बुद्ध जयन्तीको अवसर पारेर लिस्बनको ग्रिन एण्ड चिलमा अन्तरक्रिया कार्यक्रम भएको छ । पर्यटनदूत रमेशशराज बाँस्तोलाले आयोजना गर्नुभएको दिवाभोज सहितको अन्तरक्रिया कार्यक्रममा पोर्चुगलबाट पहिलोपटक सगरमाथा आरोहीसहित पोर्चुगिस नागरिक र नेपाली समुदायबीच छलफल गरियो ।

सो अवसरमा बोल्दै ५६ वर्षीय पर्वतारोही जोआयो ग्रासियाले हिमाली क्षेत्रलाई फ्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताउनुभयो । सगरमाथा आरोहणबारे आफ्नो अनुभव सुनाउँदै नेपालको हिमाली क्षेत्रमा फोहोर थुर्पिएको भन्दै बेलैमा सफा गर्नुपर्नेमा जोड दिनुभयो । फोहोर हटाउन अभियान नै चाल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

खुम्बुक्षेत्रमा होलिकोप्टरले अनावश्यक उडान भरेर ध्वनि प्रदुषण गरि सौन्दर्य घटाएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । दुर्घटना पर्दा र उद्धारको बेला मात्रै हेलिकोप्टर प्रयोग गर्नुपर्ने र अरु बेला स्थानीयको सहयोग लिने नियम बनाउनुपर्ने उहाँले बताउनुभयो ।

पोर्चुगिस नागरिकहरु घुम्नका लागि भारत र भुटान जाने गरेका छन् । उनीहरुलाई लक्षित गरी नेपाल घुमाउन सके नेपालको पर्यटनमा टेवा पुग्ने उहाको भनाइ छ । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको भन्दै निर्माण गरिएका संरचना भन्दा प्रकृतिले दिएका उपहारको संरक्षण र प्रवर्द्धन गर्न सके पर्यटकहरुको ओइरो लाग्ने बताउनुभयो ।

नेपालीहरु साना कुरामा पनि खुसी हुने भएको उहाँले अनुभव सुनाउनुभयो । पर्यटनलाई पहिलो प्राथमिकता दिन सके स्थानीय स्तरमै रोजगारीको आकर्षणको केन्द्र बन्ने उहाँले बताउनुभयो ।
उहाँले नेपालको सगरमाथा, अन्नपूर्णलगायत भ्रमण गरिसक्नुभएको छ । उहाँले संसारका ८ हजार भन्दा बढी उचाइका १४ वटा हिमाल आरोहण गरिसक्नुभएको छ । आरोहणसम्बन्धी अनुभव समेटेर पुस्तक पनि प्रकाशन गर्नुभएको छ ।

१८ मे १९९९ मा पहिलोपटक पोर्चुगलबाट सगरमाथा आरोहण गर्नुभएको थियो । बिना अक्सिजन सगरमाथा र अन्नपूर्ण आरोहण गर्नुभएको छ ।

५६ वर्षीय पर्वतारोही जोआयो ग्रासिया प्रत्यक वर्ष झै यहीँ आउदो अक्टोवरमा पोर्चुगिस पर्यटकहरु लिएर नेपाल भ्रमणमा जाने तय भएको छ ।

पर्यटनदूत रमेशराज बाँस्टोलाले नेपालको पर्यटन प्रवबद्र्धनमा पहिल्यैदेखि लागिपरेको र आगामी दिनमा पनि सक्दो पहल गर्ने बताउनुभयो । पोर्चुगिस नागरिकलाई नेपाल घुमाउनका लागि सहज वातावरण बनाउन लागिपरेको उहाँले जोड दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पोर्चुगिस व्यवसायी रुई मोराइदाले नेपालका विभिन्न ठाउँको भ्रमण गरेको सुनाउनुभयो । नेपालको खासगरी गाउँघर क्षेत्रका मानिसमा साना कुरामा पनि खुसी हुने, अभाव, पीडामा रमाएर हाँसीहाँसी स्वागत गर्ने बानी मन परेको सुनाउनुभयो ।

सो अवसरमा बोल्ने वक्ताहरुले पर्यटकले भोगेका चुनौती र समाधानका विषयमा छलफल गरे। पोर्चुगिस सगरमाथा आरोहीसँग छलफल गरेर पर्यटनको समस्या पहिचान गर्न प्रयास गर्ने, पोर्चुगिस नागरिकको नेपाल भ्रमणका लागि पहल गर्ने विषयमा छलफल भएको पर्यटनदूत बाँस्टोलाले बताउनुभयो । कार्यक्रममा पोर्चुगिस नागरिक, अमेरिकी नागरिक, जापानीज नागरिकको सहभागिता थियो ।

जापानीज महिला राष्ट्रिय फुटबलका प्रशिक्षक कानो मिचि हिसा, पोर्चुगिस नागरिक आल्बा ब्राबो, अमेरिकी नागरिक डा कालिफ भेरनोन, रोमानियाकी रिसर्चर स्टाफानियाको उपस्थित थियो ।

एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष दीपा काफ्ले, नेपाल पत्रकार महासंघ यूरोप शाखाका उपाध्यक्ष बासु सत्याल, एनआरएनए आइसीसी पूर्व सदस्य नारायणकाजी थापा, पोचुगिस भाषा शिक्षक प्रमोद रिजाल, नेपाल पत्रकार महासंघ यूरोप शाखाका सदस्य दिपक शर्मा खतिवडा, व्यवसायी टिकाराम सुवेदी, लोक शर्मा, राप्रपा पोर्चुगलका अध्यक्ष रुपक पौडेल,
पोर्चुगलका सामाजिक अभियाता कोपिला भुजेल, पत्रकारहरु विकास लम्साल, मुना सुनुवार , तुलसी सुवेदीलगायतको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *