Type to search

स्विस/प्रवास

यूके आएको केही समयमै बिरामी भएर बितिन् २१ वर्षीया सदिच्छा

Share

लण्डन । उच्च शिक्षाका लागि यूके आएको केही समयमै बिरामी भएर २१ वर्षीया सदिच्छा तामाङको निधन भएको छ । निमोनिया भएपछि मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै उनको बुधबार १० मेमा निधन भएको हो ।

सदिच्छा गत २६ डिसेम्बर २०२२ मा मात्र बेलायत आएकी थिइन् । ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ । २०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छाका बाबु कृष्ण कुमार थोकर समाजसेवी, लामा गुरु र शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव हुन् ।
परिवारले उनको अन्त्येस्टि नेपालमै धार्मिक परम्परा अनुसार गर्न चाहेको र शव नेपाल पठाइदिन बाबुले आग्रह गरेकोले आर्थिक सहयोग संकलन थालिएको गैर-आवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

उनको परिवारको आर्थिक अवस्था दयनीय भएको बताइएको छ । अध्यक्ष गाहामगरले आफ्नो क्षमता अनुसार सहयोग गर्न बेलायतवासी नेपालीलाई अपिल गरेका छन् । उनले सदिच्छाको असामयिक निधनको खबरले सम्पूर्ण गैर-आवासीय नेपाली संघ यूके परिवार स्तब्ध भएका पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *