बेलायतबाट डेलिगेट्सको नाममा दर्जनौँ नक्कली भुटानी र नक्कली माओवादी द्वन्द्व पीडित शरणार्थीहरु
Share
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को आसन्न ११ औं अधिवेशनमा बेलायतबाट डेलिगेट (प्रतिनिधि) भन्दै पठाइएको नामावलीमा नक्कली भुटानीको वर्चस्व रहेको पाइएको छ ।
बेलायतभर जम्मा १४ सय सदस्यले एनआरएनए यूके अध्यक्ष निर्वाचित भएको बताउंदै हिंडेका हित काजी गुरुङको समूहले नेपाल पठाएका १ सय ५७ जना प्रतिनिधिको नामावलीमा अधिकांश नक्कली भुटानी शरणार्थी र कयौं माओवादी द्वन्द्व पीडितका नाममा भिसा लिएका पाइएको हो ।
विश्वस्त श्रोतका अनुसार, नामावलीमा ११ जना नक्कली भुटानी शरणार्थी र ७ जना माओवादी द्वन्द्व पीडितका नाममा शरणार्थी रुटबाट बेलायत बस्न पाएका नेपाली छन् । उक्त लिस्टमा पत्रकारदेखि सेक्यूरिटी गार्ड, सेफ र क्याटरिगं सन्चालक समेत छन् ।
एनआरएनएको विधान अनुसार सार्क रास्ट्रमा बस्ने नेपालीहरु र अन्य देशमा बस्ने नक्कली शरणार्थीहरु सदस्य हुन नपाउने प्रावधान छैन ।
यसैबीच, २० हजार ७०७ सदस्यबाट सर्वसम्मत अध्यक्ष बनेका प्रेम गाहामगरले केन्द्रमा पठाएका आफ्ना २३६ डेलिगेट्सको नाम स्वीकार नगरिए नक्कली भुटानी शरणार्थी र माओवादी द्वन्द्व पीडितका नाममा असाइलम हालेकाहरुको फोटो सार्वजनिक गरिदिने चेतावनी दिएका छन् । नेपालको एयरपोर्टमा त्यस्ता नक्कली शरणार्थीको फोटो र प्लेकार्ड राखेर अवरोध गरिने पनि गाहामगरले दावी गरेका छन् ।
‘हाम्रा आधिकारिक प्रतिनिधिहरुले महाधिवेशनमा भाग लिन पाउनुपर्छ’, गाहामगरले भने, ‘वंशजको नेपाली नागरिकता चाहिन्न भन्ने ति नक्कली भुटानीहरुलाई नेपाल जाने अधिकार समेत छैन् ।’
बेलायत बस्नकै लागि नक्कली भुटानी शरणार्थी बनेर बेलायती पासपोर्ट लिएका त्यस्ता गैर नेपाली सिधै नेपाल जान पनि मिल्दैन ।
बेलायतमा गोर्खा भर्ती, वर्क पर्मिट वा अध्ययन, कूटनीतिक र सुरु सुरुतिर डोमेस्टिक भिसामा नेपालीहरु आएका थिए । उनीहरु यहाँ सम्मानजनक रुपमै बसेका छन् । तर, नक्कली भुटानी शरणार्थी र कयौं माओवादी द्वन्द्व पीडितका नाममा भिसा लिएकाहरु एनआरएनको नाममा कमाउ धन्दामा लागेका छन् । उनीहरुले नै वंशजको नेपाली नागरिकता निरन्तरता विरोधी अभियान गरेका पाइएको छ ।