Type to search

स्विस/प्रवास

प्रबासी नेपाली एकता मन्च स्विटजरल्याण्ड पुनर्गठन

Share

प्रबासी नेपाली एकता मन्च स्विटजरल्याण्डमा (संस्थापन प्रचण्ड-माधव पक्ष) ले समिति पुनर्गठन गरेको छ । नेपाल कम्युनिस्ट पार्टि नेकपाका अन्तर्रास्ट्रिय समन्वय कमिटिका अघ्यक्ष युबराज चौलागाइको प्रमुख आतिथ्य र सचिब श्रीप्रसाद साहको बिशेष आतिथ्यमा आइतबार भर्चुअल बैठकले समिति पुनर्गठन गरेको हो ।

अचुत प्रसाद फुंयाल अध्यक्ष र धर्म गुरुङ सचिब रहेको २१ सदस्यिय कमिटिको पुनर्गठन गरेको हो । पहिला पनि अध्यक्ष फुंयाल नै थिए ।

कमिटीको सदस्यहरुमा सुबास पोख्रेल, श्याम घले, कमल केसि, दर्शन आचार्य, आसिश फुयाल, सन्जय मुड्भरि, सिता ओझा, सागर बिक, एलिना पोख्रेल, अशोक पान्डे, सन्जु बिडारि, कुमारी गुरुङ, फुटूङ्टूङ लामा, धिरज प्रधान, सोभाखर गौतम, सुरज रोय, हरि पाण्डे, केयरसिङ तामाङ र दावा पाख्रिन रहेका छन ।

उक्त बैठकलाइ सम्बोधन गर्दै प्रमुख अतिथि युबराज चौलागाइले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघटन गरेर प्रतिगामि कदम चालेको र उक्त प्रतिगामि कदमको सबैले ससक्त बिरोध गर्नु पर्ने भन्दै ओलीको सर्बसत्ताबाद धेरै नटिक्ने बताए ।

अबको आन्दोलनले केपि ओली जस्ता प्रतिगमनकारी र तिनका मतियारलाइ बढार्ने बताउंदै प्रबासबाट पनि ससक्त आवाज उठाउन निर्देशन दिए ।
त्यस्तै बिषेश अतिथि श्रीप्रसाद शाहले सम्पुर्ण प्रबास कमिटीको तत्कालीन अबस्थाको बारेमा सदस्यहरुलाइ जानकारी गराए । उनले केपि ओलीले कम्युनिस्ट आन्दोलनप्रति गद्धारी गरेको र अहिलेको आन्दोलनबाट डराएर सरकार दमन र धरपकडमा उत्रिएको भन्दै रामकुमारी झाक्रि पक्राउ त्यसको उदाहरण भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *