Type to search

स्विस/प्रवास

यूरोपमा २६औं जनयुद्ध दिवस भब्यताका साथ सम्पन्न

Share

– शेर ब. छन्त्याल
नेपाली जनप्रगतिशील मोर्चा युरोपले २६औं जनयुद्ध दिवस भब्यताका साथ मनाएको छ । ऐतिहासिक जनयुद्ध दिवसको अवसर पारेर मोर्चाले एक समारोहको आयोजना गरेको थियो । नेपाली जनजागरण मन्चका संयोजक गुणराज लोहनी प्रमूख अतिथी रहेको उक्त कार्यक्रममा वाम बुद्धिजीवी धर्मेन्द्र केसीको विशेष उपस्तिथी रहेको थियो ।

प्रमूख अतिथी लोहनीले नेपालको वर्तमान राजनैतिक परिस्थितीमा जनयुद्धको महत्व झन बढ्दै गएको चर्चा गरेका थिए । नेपालमा अहिले दलाल पूंजीवादी सत्ता छ, यो दलाल पूंजीवादी उत्पिडनको अन्त्य वैज्ञानिक समाजवादी क्रान्तिले मात्र गर्दछ । अहिले क्रान्तिकारी वर्गको चरित्र पनि फेरिएको छ । बौद्दिक श्रमिक वर्ग बढीरहेको छ । त्यसैले वैज्ञानिक समाजवादी क्रान्तिको चरित्र स्वत: जनविद्रोहको कार्यदिशा हुन जान्छ र त्यो एकिकृत जनक्रान्तिले गर्दछ । हामीले नेपाली क्रान्तिलाई अगाडि बढाउनका लागि रणनैतिक संयुक्त मोर्चा निर्माण गरेका छौं । रणनैतिक मोर्चामा हामी सत्ता र सरकारको विषयलाई हेर्ने दृष्ट्रिकोणमा एकमत भएका छौं । संसदीय ब्यबस्थाको अन्त्य गर्न जरुरी छ भन्ने कुरामा हामी सहमत छौं । अर्को नयां सत्ता निर्माणको अभ्यास सम्म संगसंगै जाने कुरामा पनि सहमती भएको छ । यो उपलब्धी नेपालको सन्दर्भमा हिजो भएको महान जनयुद्धको आधारमा मात्र सम्भव भएको छ ।

विशेष अतिथी केसीले जनयुद्धको महत्व बारे दर्शाउदै अब दलाल संसदीय ब्यबस्था पूर्ण रुपमा असफल भयो । त्यसको विकल्पमा विप्लव नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीले संस्लेषण गरेको वैज्ञानिक समाजवादी सत्ता आवश्यकता रहेको प्रष्ट पारे ।

२६औं जनयुद्ध दिवसको अवसरमा विश्वभर संगठित मोर्चाका सांगठनिक नेत्रित्व गरेका अध्यक्ष तथा प्रतिनिधीहरुले शुभकामना मन्तब्य दिएका थिए । मोर्चाका उपाध्यक्ष बदन योङहाङले स्वागत गरेको कार्यक्रममा यूरोपमा संगठित मोर्चाहरु बेल्जियम, जर्मनी, स्पेन र पोर्तुगलबाट क्रमश: मेख गुरुङ्ग, सेरबहादुर तुम्बापो, ईश्वरी शर्मा र पूर्णबहादुर विश्वकर्माले जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेका थिए । त्यसै गरी अमेरिकाबाट मोर्चाका संयोजक विश्वबहादुर शाह मध्यपूर्वका मोर्चाहरु साउदी अरबका महासचिव टिकाराम ओली, कतारका महासचिव रविन पुन, बहराइनका महासचिव मिनराज नाथ र मलेशिया मोर्चाका सल्लाहकार सन्दिप खड्काले जनयुद्द दिवसको महत्व बारे प्रकाश पार्दै शुभकामना दिएका थिए । मलेशियाबाट बुद्धिराम भुषालले ‘धुरुधुरु नरोउ प्रचन्ड विप्लवलाई सम्झेर’ शिर्षकको ब्यङ्ग्यात्मक कविता वाचन गरेका थिए ।

कार्यक्रममा शहिद परिवारका सदस्य राजकुमार घमाल, टिकाराम ओली, गोपाल लामिछाने र उदयराज गौतमलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रम नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो । महान शहिदहरुको सम्मानमा मुठ्ठी उठाएर एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रमको संचालन मोर्चाका महासचिव डा. सुवर्णबाबु सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *