पत्रकार चिरन शर्मा साइबर क्राइममा प्रहरीको निगरानीमा
Share

लण्डन- गैरआवासीय नेपाली संघ यूकेले लण्डनका पत्रकार चिरन शर्मामाथि साइबर क्राइम गरेकोभन्दै प्रहरीमा उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको छ ।
गैरआवासीय नेपाली संघ यूके अध्यक्ष प्रेम गाहा मगरले पत्रकार शर्माले संघको फेसबुक पेज ह्याकगरी आफू अनुकुलका गतिविधि गरेको, नेपाल ब्रिटेन डट कममार्फत आफ्नो स्वार्थ पुरा नभए नेपालीसमुदायका अग्रज तथा व्यापारीको मानमर्दन गर्ने गरेको र समाजमा भ्रामक समाचार फैलाइ रहेकोगुनासोसहित गत ७ नोभेम्बरमा ह्यामसायर प्रहरीमा उजुरी दिएका थिए ।
सो उजुरी उपर प्रहरीले अनुसन्धान अगाडि बढाएको अध्यक्ष प्रेम गाहा मगरले बताए ।
‘म लामो समयसम्म नेपाल भएर प्रहरीले खोजेको बेला उपलब्ध हुन सकिन । अब प्रक्रिया अगाडिबढेको छ’, उनले भने, ‘चरित्र हत्या र समाज विभाजन हुने गरी पत्रकार शर्माले गरिरहेको गतिविधिआपत्तिजनक छ । कानुनी कठघरामा उभ्याएर त्यस्तो प्रव्रित्ति रोक्ने मेरो
प्रयास हो ।’
साइबर क्राइम प्रमाणित भए ५ बर्ष जेल सजाय र असिमित जरिवाना हुने बेलायती कानुन छ । -गैर आवासीय नेपाली संघ युके –

