Type to search

स्विस/प्रवास

राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूकेले केन्द्रमा सदस्यता शुल्क बुझाउने सम्बन्धमा ध्यानाकर्षण

Share

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको कुल-आचार्य-नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ । संघले गत मे २० मा पठाएको पत्रमा अध्यक्ष कुल आचार्यलाई सम्बोधन गर्दै विभिन्न विषयहरुउपर ध्यानाकर्षण गराएको छ ।

विशेष गरी केही समययता निकै चर्चामा रहेको राष्ट्रिय समन्वय परिषद (एनसीसी) यूकेले केन्द्रमा गत बर्ष २०२१ को अधिवेशन र निर्वाचनमा उठेको झण्डै ४३ हजार पाउण्ड सदस्यता शुल्क केन्द्रमा बुझाउने सम्बन्धमा उक्त पत्र केन्द्रित छ ।

पत्रमा गैर-आवासीय नेपाली संघको राष्ट्रिय समन्वय परिषद यूकेको तर्फबाट केन्द्रलाई पठाउने सदस्यताबापतको लेभी रकम गैर-आवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२०) को अनुसूची ८ को ट अनुसार संम्झौता गरी यथाशीघ्र पठाउने जानकारी गराइएको छ ।

त्यस्तै, केही समयअघि सन्तोष भटटराईद्धारा एनआरएनए यूकेलाई पठाइएको एक इमेलको बारेमा पनि संघले आफ्नो स्पष्टोक्ति दिएको दिएको छ । भनिएको छ, “केन्द्रलाई सदस्यताबापतको रकम बुझाउने सम्बन्धका कार्यसमितिले यति सुस्पष्ट निर्णय गरेको अवस्थामा यो निर्णयलाई औपचारिक रुपमा केन्द्रलाई जानकारी गराउनुपूर्व युरोप संयोजक सन्तोष भट्टराईका नाममा एनसीसी यूकेको उक्त निर्णय विपरीत र असम्बन्धित विषयहरुमा निर्देशनसहितको एक आदेशपत्र प्राप्त भएको छ । … क्षेत्रीय उपसंयोजकहरु तथा आईसीसी सचिवालयका पदाधिकारीहरुको कुनै सन्दर्भ .रिफरेन्सं प्रयोग भएको छैन । पत्रको भाषा शैलीका आधारमा यो पत्रलाई आईसीसीको कार्यसमिति वा सचिवालयको आधिकारिक पत्राचार भन्दा पनि गैर-आवासीय नेपाली संघभित्रको एउटा पक्षले गैर–आवासीय नेपाली संघ बेलायतलाई बदनाम गर्न असान्दर्भिक निर्देशन र आदेश दिएर तुजुक देखाएको रुपमा बुझेका छौं। अतः भट्टराईको यो पत्रलाई हामी अस्वीकार गर्दछौ ।”

पत्र जस्ताको तस्तैः

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *