नेपाल पत्रकार महासघ युरोपको बिषेश बैठक सम्पन्न, अध्यक्ष माथी लागेको आरोप खारेज्, कार्यबाहक माहासचिबमा रिजाल सर्बसम्मत
Share

नेपाल पत्रकार महासंघ युरोप शाखाको विशेष बैठकले सचिव दोर्ण रिजाललाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएको छ।सस्थाका अध्यक्ष केजीन राईको अध्यक्षतामा नोभेम्बर ८ मा बसेको बैठकले उक्त निर्णय गरेको हो।बैठकले नेपाल पत्रकार महासंघ केन्द्रले युरोप शाखाबाट पोर्चुगल तदर्थ शाखामा स्थानन्तरण भैसकेका तत्कालिन महासचिव छन्त्याल र सचिव पेम्बागेलु शेर्पा र बेल्जियम तदर्थ शाखामा स्थानन्तरण भएका वरिष्ठ उपाध्यक्ष डिल्लीराम अम्माइ, सल्लाहकार ओम शर्मा र सदस्य शेरवहादुर छन्त्याललाई युरोप शाखामा पुर्याउनु भएको योगदानको धन्यवाद दिदै विदाई गरेको छ।
उक्त बैठकले युरोप शाखाबाट स्थानन्तरण भैसकेका पत्रकार द्वोय डिल्लीराम अम्माइ र योगेन्द्र मिलन छन्त्यालले सस्थाको लेटरप्याड दुरुपयोग गरि जारी गरेको विज्ञप्ति अवैधानिक र भ्रामक रहेको ठहर गर्दै खारेज गरेको छ।त्यस्तै, युरोप शाखाको सचिव पदबाट वसन्त रानाभाट र सदस्य पदबाट भोला लामिछाने दिएको राजीनालाई स्वीकृत गरेको छ। दुवैले १५ अप्रिल २०२० मा स्वेच्छाले राजीनामा दिएका थिए।बैठकले शाखाद्वारा अहिलेसम्म गर्दै आइरहेको विविध कार्यक्रम निकै प्रभावकारी र जनमुखी रहेको ठहर समेत गरेको छ। बैठकद्वारा हाल जारी संवाद तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरिएको छ।