नेपाली राजदूतावास जेनेभामा बडादशैंको शुभकामना आदानप्रदान सम्पन्न
Share

-लक्ष्मण देवकोटा,
बड़ादशैंको अवसरमा नेपाली राजदूतावास स्विटजरल्याण्डको आयोजनामा महाअष्टमीको दिन शुभकामना आदानप्रदानको कार्यक्रमको आयोजना गरिएको छ।


महामहिम राजदूत राम प्रसाद सुबेदीले स्विसवासी आमन्त्रित नेपालीहरुलाई बड़ादशैंको शुभकामना ब्यक्त गर्दै दूतावासको आंगनमा यसरी स्वागत गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताउनु भयो।


स्विटजरल्याण्डको विभिन्न शहरहरुमा पेशा, ब्यबसाय गर्ने नेपाली देखि लिएर, अध्ययनरत विद्यार्थी, जेनेभास्थित सरकारी, गैरसरकारी कार्यालयमा कार्यरत नेपालीहरुको भव्य उपस्थिति थियो।





