जुरिक नेपाली स्पोर्ट्स क्लबले तिहार कार्यक्रम आयोजना गर्ने
Share

जुरिक नेपाली स्पोर्ट्स क्लबद्वारा हिन्दुहरुको महान चाड तिहार कार्यक्रमको आयोजना गर्ने भएको छ। स्वीजरल्याण्डमा बसोबास गर्ने सम्पुर्ण नेपाली लगाएत नेपाल प्रेमी बिदेशी दाजुभाइ तथा दिदिबहिनीहरुलाइ मध्यनजर गर्दै नेपालीहरुको महान चाडपर्वहरु मध्यमा पर्ने एक महत्त्वपुर्ण चाड भाइटीका अर्थात दिपावली कार्यक्रममा उपस्थिति हुन जुरिक स्पोर्ट्स क्लबले आग्रह गरेको छ।
काग तिहारबाट देउसी ,भैलो खेली धुमधामका साथ् सुरु हुँदै भाइटीकाको दिन समाप्त हुने गर्दछ। दिदिबहिनी र दाजुभाइका लागि यो चाड महत्व पूर्ण मानिन्छ। यो पर्ब विभिन्न तरिकाले मनाउने पनि गरिन्छ। यमपञ्चकको दिन साँझमा घरको मूलद्वारको सामु यमराजलाई दीपदान गर्नाले मृत्युदेव प्रसन्न भई आरोग्यता तथा दीर्घजीवन प्रदान गर्छन् भन्ने विश्वास रहेको पनि छ। र उक्त घरमा कहिल्यै पनि अपमृत्यु वा अल्पमृत्यु हुँदैन भन्ने मान्य चलन पनि छ। यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाइ पुजा गरिन्छ। पिङ खेल्ने, दीपावली गर्ने र देउसीभैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ।
जुरिक स्पोर्ट्स क्लबले पनि तिहारमा खाने मिठामिठा किसिमको परिकार पस्कन हर तरहले कोसिस गर्दै तिहारको उपल्क्ष्यमा संस्कृति कार्यक्रमका साथै बिभिन्न मनोरन्जनात्मक प्रस्तुत गर्ने भएको छ ।
कार्यक्रम
स्थान:–Zürcher Gemeinschaftszentren GZ Heuried
Döltschiweg 130
8055 Zürich
मिति :- १८ नोवेम्बर २०२३ शनिवार
समय :- दिनको २ बजे
अपेरो ३ बजे
खाना ५ बजे
पुनस्य – जुरिक स्पोर्ट्स क्लब जुरिकले कार्यक्रमको बिस्तृत जानकारी छिट्टै प्रकासित गर्ने जनाएको छ।