गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा भलिवल कार्यक्रम आयोजना गर्ने
Share

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा आउँदो समर २०२२ जुन महिनामा भलिवल कार्यक्रम आयोजना गर्ने भएको छ। फेब्रुअरी ५ शनिवारका दिन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका कार्यसमिति लगाएत अन्य केहि स्विसबासी नेपालीहरु संगको छलफलले आउँदो “जुन महिनामा” स्विसबासी नेपालीहरु बीच एन आर एन ए स्विस कप स्विट्जरल्याण्डको बासेलमा गर्ने निधो गरेको छ ।

गत २०१९ साल देखि कोरोना महामारीका कारण संसार नै ठप्प भएको थियो । र अहिले बिस्तारै उक्त महामारीबाट केहि मात्रामा बन्चित हुने क्रम जारि रहेको छ। स्विसबासी नेपाली बीच अहिले कोरोना महामारीको समयमा “स्वस्थ नै जीवन हो” भन्ने नारालाई मध्यनजर राख्दै उक्त कार्यक्रम आयोजना गरिएको हो। भेटघाट पनि हुने मनोरंजनका साथ् साथै शारीरिक बयाम पनि हुने भएकोले उक्त कार्यक्रम गर्ने निधो गरेको हो । गत केहि बर्ष अघि खेलकुद जस्ता कार्यक्रमहरु धेरै जसो बर्न जुरिच र अराउमा हुँदै आएको थियो भने यसपालि भलिवल कार्यक्रम बासेलमा हुने भएको छ। जुन महिनाको निश्चित दिन र समय भने छिट्टै प्रकाशित हुने गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका अध्यक्ष शुभा एल्मार लामाले जानकारी गराउनु भएको छ।

कार्यक्रमको बैठकमा गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका उपाध्यक्ष शुक्र श्रेष्ठको सो दिन जन्मदिन परेकोले जन्म दिनको शुभकामनाका दिनुका साथ् साथै संघको कोषाध्यक्ष राकेश चन्द्र प्रजापति लगाएत ओरिएन स्पेसको टिमले गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्ड मात्र नभई सारा नेपाली र नेपालको नाम उच्च राख्ने गरि नेपालकै पहिलो भु-उपग्रह बनाइ प्रक्षपण गर्न सफल भएकोमा गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डद्वारा सम्मान पत्र प्रदान गरेको थियो।
