Type to search

स्विस/प्रवास

एनआरएन युकेको घोटाला मुद्दा लम्बियो

Share

गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेको आर्थिक घोटाला सम्बन्धि बहुचर्चित मुद्दा लम्बिएको छ । उक्त मुद्दामा प्रतिवादी मध्येकी एक पुनम गुरुङ्गले मुद्दाको सुनुवाईको पुर्व सन्ध्यामा थप समय मागेर मुद्दा लम्ब्याएको बुझिएको छ । एनआरएनए युकेमा पुनम गुरुङ्ग अध्यक्ष निर्वाचित भएको विवादास्पद निर्वाचन ताका एनआरएनए युकेको कोषबाट अत्यधिक मात्रामा नगद खर्च गरिएको थियो । तत्कालिन अवस्थामा सदस्यता सुल्क तथा उमेदवारी शुल्क बापत भएको आम्दानीलाई निर्वाचनमा नगदै बाढिएको भन्दै एउटा अनलाइनले समाचार प्रकासीत गरेको थियो । यसरी अबैध रुपमा नगद बाडिएको भनिएको निर्वाचनका समयमा योग कुमार फगामी अध्यक्ष तथा मे रि डम्मर घले निर्वाचन समितीका प्रमुख थिए भने निर्वाचनबाट पुनम गुरुङ्ग अध्यक्ष निर्वाचित भएकि थिइन । सदस्यता तथा उमेदवारी शुलक बापत करिव २ लाख ४८ हजार पाउण्ड भन्दा बढि आम्दानी भएकोमा । निर्वाचन समितीले २७ सय पाउण्ड कम आम्दानी देखाउदा तथा जथाभावी नगदै खर्च गर्दा संघलाई ठुलो नोक्सान भएको बताईएको छ । तत्कालिन अबस्थामा एनआरएनए युके कम्पनी हाउसमा दर्ता भएको थियो भने पुनम गुरुङ्ग र योग कुमार फगामी पहिले देखिनै कम्पनीका निर्देशक थिए ।

यस्तो अनियमितता खोजविन गरी आर्थिक नोक्सानीलाई असुल उपर गर्नुको सट्टा नवनिर्वाचित कार्य समितीकी अध्यक्ष तथा कम्पनीकी निर्देशक पुनम गुरुङ्गले घोटालाको मामलालाई ढाकछोप गरेबाट संघलाई ठुलो नोक्सानी भएको भन्दै तत्कालिन उपाध्यक्षहरु प्रेम गाहा मगर, नारायण कडेल, रामचन्द्र पोखरेल र मोहन कार्कि पुर्व उपाध्यक्ष सेर बहादुर सुनार, तथा इगल्याण्ड राज्य समितीका लाल बहादुर गुरुङ्गले बेलायती अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतमा परेको मुद्दा फिर्तालिन दवाव दिदै तत्कालिन अध्यक्ष तथा कम्पनि निर्देशक पुनम गुरुङ्गले उपाध्यक्षहरुलाई बैठकबाट निकाल्ने, शदस्यताबाट हटाईदिने धम्कि दिने लगायतका कार्य गर्दै आएकी थिइन । मुद्दा कै विचमा भएको निर्वाचनमा उनले बैठकबाट निस्कासन गरेका तथा सदस्यताबाट हटाउन खोजेका सबै जना अध्यधिक मतका साथ विजयी भएपछि भने उनका सबै धम्कि बेकाम सावित भएका थिए । तर नया कार्यसमिती निर्वाचित भएको ६ महिना वितिसक्दा समेत तत्कालिन कार्यसमितीका तर्फबाट अध्यक्ष पुनम गुरुङ्गले विल भरपाई तथा अन्य कागजातहरु बैक खाताको अधिकार बुझाएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *