Type to search

स्विस/प्रवास

गैरआवासीय नेपाली संघ युरोपको १४औं क्षेत्रीय भेला “Partnership in Action, for Transformation………” बारे

Share

सबैमा नमस्कार,

गैरआवासीय नेपाली संघ युरोपको १४औं क्षेत्रीय भेला “Partnership in Action, for Transformation………” भन्ने मूल नाराका साथ यही २०२२ को सेप्टेम्बर २४ र २५ तारिखका दिन स्वीडेनको राजधानी स्टकहोममा आयोजना गरिएको हुंदा यस कार्यक्रममा सहभागी सबै अतिथि तथा प्रतिनिधिहरुलाई हार्दिक स्वागत गर्दछौं ।

युरोप क्षेत्रका स्थानीय मुद्दाहरु र हामीले उठाउंदै आएका विषयहरु, नागरिकता, लगानी, डलर खाता, विज्ञ सम्मेलन, महिला तथा युवा सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा, विधान लगायतका विषयहरुमा बृहत छलफल गरिने छ । यस भेलाबाट निस्केका निष्कर्ष तथा निचोडलाई संघको भावी योजना तर्जुमा गर्न ठूलो सहयोग पुग्ने हाम्रो विश्वास रहेको छ ।

नेपाल सरकार, सबै संघ संस्था तथा सरोकारवाला निकायहरु संग परिणाम मुखी सहकार्य र रुपान्तरणको लागि यो सम्मेलन कोशेढुंगो सावित हुनेछ भन्ने अपेक्षा तथा विश्वास सहित कार्यक्रममा सहभागीताको लागी हार्दिक अनुरोध गर्दछौं ।
यस कार्यक्रममा सहभागी हुनका लागि nrna.org/erm2022 मा गई फर्म भर्नुहोला । साथै Sponsor गरि यस कार्यक्रमलाई सफल बनाउनका लागी हार्दिक अनुरोध गर्दछौं ।

भवदीय,

संतोष कुमार भट्टराई,
क्षेत्रीय संयोजक, युरोप
गैरआवासीय नेपाली संघ ।

चिन्तामणि सापकोटा
क्षेत्रीय संयोजक, युरोप
गैरआवासीय नेपाली संघ ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *