गायक थानेश्वर गौतमको एकल गजल साँझ जेनेभामा सम्पन्न
Share

गत आइतवार ६ अगस्तका दिन गजल साँझका लागि युरोप यात्रामा रहेका गाएक थानेश्वर गौतमले स्विटजरल्याण्डको जेनेभामा पनि आफ्नो गजल प्रस्तुत गरेका थिय । छोटो समयमा आयोजना गरिएको गजल कार्यक्रममा जेनेभाबासी नेपाली लगाएत नेपाल प्रेमी बिदेशीहरुको उल्लेखनीय उपस्थितिका साथ सम्पन्न भएको थियो ।
नेपाली दूतावासका कार्यवाहक राजदूत उत्तम शाहीले कलाकार गौतमलाई स्विसवासी नेपालीहरुको तर्फबाट स्वागत गरेका थिय ।
गजलका साथसाथै गाएक गौतमले लोक भाकाका गीतहरु पनि दर्शकको अनुरोधमा गाउनु भएको थियो। स्थानीय कलाकार नीता कपूर, गौरी गूभाजू, दीपेन्द्र रावत लगायतको नृत्यले कार्यक्रम झनै रमाइलो बनाएको थियो। स्कटल्याण्ड र लन्डनमा कार्यक्रम सकेर जेनेभा आउनु भएका गौतमको अबको सांगीतिक साँझ माल्टा,पोर्चुगल, स्पेन र बेल्जियममा हुँदैछ। उक्त कार्यक्रमको आयोजना जेनेभाबासि राजेन्द्र भण्डारी र विक्रम केसीले गरेका थिय ।


