एन आर एन ए स्विटजरल्याण्डद्वारा डा. महाबीर पुन उपस्थिति कार्यक्रम आयोजना गर्दै
Share

डा. महाबीर पुन यानिकी “राष्ट्रिय आविस्कार केन्द्र” टिमद्वारा प्रत्यक्ष र अप्रत्यक्ष माध्यमबाट तन,मन धनले नेपाल र नेपालीका लागि गरेको देनलाइ हामीले सम्मान गर्नुका साथ् साथै सकेको सहयोग र समर्थन गर्नु पनि हामी नेपालीको धर्म हो । कोरोना महामारीको गम्भीर समयमा ” राष्ट्रिय आविस्कार केन्द्र” टिमले गरेको कार्य झनै महान छ।
देश विदेशमा बसोवास गर्ने नेपालीहरुलाई यो संस्थाले के गरेको छ ? के गर्दै छ ? भन्ने देखाउन र बुझाउन डा. महाबीर पुन युरोप यात्रा गर्दै हुनुहुन्छ। यसै सिलसिलामा नेपालको “राष्ट्रिय आविस्कार केन्द्र” टिमलाइ देश विदेशमा बसोवास गर्ने नेपालीहरुको साथ् रहेको र अझ बढी रहोस भन्ने उधेश्यले यो कार्यक्रम हुन लागेको हो। युरोप यात्राको सिलसिलामा स्विटजरल्याण्डमा पनि आउँदो आठ (८ ) मे आइतवार २०२२ का दिन मुल्हेहर्ण, प्रोतेस्ताण्ट चर्चमा एन आर एन ए स्विटजरल्याण्डद्वारा कार्यक्रम आयोजना गर्ने भएको छ।
यदी स्विसबासि नेपाली लागाएत नेपाल र नेपाल प्रेमी बिदेशीहरुले सहयोग गर्न चाहनु हुन्छ भने प्रत्यक्ष उपस्थिति भएर पनि सहयोग गर्न सक्नु हुन्छ। प्रत्यक्ष उपस्थिति हुन नसक्नु हुनेले पनि अप्रत्यक्ष तरिका ले सहयोग गर्न सक्नु हुने छ।
बिस्तृत जानकारी तल उल्लेख गरिएको छ :
