Type to search

मुख्य समाचार समाचार

लक डाउन वैशाख १५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

Share

काठमाडौं, बैशाख २ गते । सरकारले लक डाउनको अवधि वैशाख १५ गतेसम्मका लागि लम्ब्याएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाभाइरस संक्रमणको रोकथामका लागि लकडाउन बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले अन्तर्राष्ट्रिय सीमा नाका वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मन्त्रिपरिषद् बैठकको निर्णयको जानकारी साझा गर्नुभएको हो ।

मन्त्रिपरिषद्ले यसअघि लक डाउनको लागि थपेको म्याद बुधबार, बैशाख ३ गते सकिन लागेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *